SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२२ गते
    ७६२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । नेपाली कांग्रेस सांसद पार्वता डिसी (चौधरी)विरुद्ध संसद् सचिवालयमा ठगीको उजुरी परेको छ। आइतबार महासचिव मनोहरप्रसाद भट्टराईलाई सम्बोधन गर्दै परेको उजुरीमा सांसद डिसी (चौधरी)ले ८ लाख ठगेको उल्लेख भएको स्रोतले बतायो।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    प्रतिनिधिसभामा दाङबाट नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेकी उनले आफ्नो जिल्लाका कांग्रेस कार्यकर्तालाई नै ठगेको भन्दै उजुरी परेको हो। दाङको तत्कालीन गढवा गाविसका कांग्रेस उपसभापतिसमेत रहेका कृष्णराज पाण्डे र लालबहादुर थापाले संसद् सचिवालयमा उजुरी दिएका हुन्। संसद् सचिवालयले उजुरी दर्ता गरेर कानुन शाखामा पठाएको छ। तर कानुन शाखाले के गर्ने भन्ने विषयमा छलफल गर्ने तयारी गरेको छ।

    चौधरीलाई उनको लक्ष्मी विकास बैंकको खातामा दुईपटक रकम पठाएको भौचरसमेत सचिवालयमा पेस गरिएको छ। ‘२०७४ सालको निर्वाचनको समयमा उनको छोरी भूमिका चौधरीको खातामा रकम पठाइएको उजुरी गरिएको छ।

    ‘सांसद चौधरीले भने टोपबहादुर विसीसँग कारोबार गरेको उनले मलाई रकम दिनुपर्नेछ। तर टोपबहादुर विसीबाहेक मैले कृष्णराज पाण्डे र लालबहादुर थापालाई मैले चिनेकी पनि छैन,’ उनले भनिन्। पाण्डेले लक्ष्मी बैंकको खातामा २०७४ असोजमा ३ लाख र थापाले ५ लाख गरी ८ लाख रुपैंया जम्मा गरेको उनीहरूले दाबी गरेका छन्। नागरिक दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं