
१कुश्मा नगरपालिकामा चैत ८ देखि १७ गतेसम्म पालिका स्तरीय वार्षिक परीक्षा सञ्चालन हुने
२पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
३समुदाय–प्रहरी साझेदारी पर्वत जिल्ला समिति पुनर्गठन
४जलजलाका उत्कृष्ट शिक्षक र विद्यार्थीलाई सम्मान
५पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
६म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
७प्रदेश अस्पताल पर्वतको ३६ औँ बार्षिकोत्सव सम्पन्न
८कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
९कपिलवस्तु प्राविधिक प्रतिष्ठान २८ वर्षदेखि गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्दै
१०मगर संघको आयोजनामा गिज्यानमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम
११गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष थारू आयोगको प्रतिवेदन पेस
१२तीन अमेरिकी र एक एसियन संस्थाले गर्दैछन् चुनाव पर्यवेक्षण
१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
५कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
६रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
७अञ्जुली सहकारीमा भीम गायक
८पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
९पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
१०स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
११समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
१२जिल्ला खेलकुद बिकाश समिति पर्बतले १०औ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेस र जिल्ला छनौट गर्ने
बेइजिङ । अमेरिकाले कोरोना भाइरसका बारेमा ‘त्रास’ फैलाइरहेको चीनले आरोप लगाएको छ । चीनले सोमबार अमेरिकाले प्राणघातक कोरोना भाइरस नियन्त्रणका लागि सहयोगभन्दा बढी त्रास फैलाएको आरोप लगाएको हो । सबै चिनियाँ यात्रुमाथि प्रतिबन्ध लगाएर त्रास नफैलाउन चीनले अमेरिकालाई चेतावनी दिएकाे छ । ‘अमेरिकाले खासै महत्वपूर्ण सहयोग गरेको छैन। उसले केवल ‘त्रास’ मात्रै फैलाइरहेको छ,’ चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनिङले नियमित पत्रकार सम्मेलनमा बताइन्। अमेरिकाले शुक्रबार स्वास्थ्य संकटकाल घोषणा गर्दै पछिल्लो समय चीन भ्रमण गरेका सबै विदेशी नागरिकको प्रवेशमा रोक लगाएको थियो। अमेरिकी प्रतिबन्ध आफ्नै नागरिकमाथि पनि लाग्नेछ। कोरोना भाइरसको उद्गमस्थल रहेको हुबेईबाट फर्कने अमेरिकी नागरिकले अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा निगरानीमा बस्नुपर्छ। सोमबारसम्म अमेरिकामा ११ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ। वुहानबाट सुरु भएको कोरोनाको प्रकोप अहिले विश्वका २७ मुलुकमा फैलिइसकेको छ।
यसअघि चीनले अमेरिकी व्यापार सचिव विल्बर रोसको अभिव्यक्तिको कडा आलोचना गरेकाेथियो। रोसले कोरोना भाइरसका कारण अमेरिकामा थप रोजगार सिर्जना हुने विवादास्पद अभिव्यक्ति दिएका थिए। चीनले अमेरिकीले दुःखद घडीमा सहयोग गर्नुको साटो गलत उदाहरण स्थापना गरेको बताएको थियो। कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरिसकेको छ। अहिलेसम्म कोरोना भाइरसका कारण ३६२ जनाको मृत्यु भइसकेको छ। त्यस्तै १७ हजारभन्दा बढीमा यसको संक्रमण भएको छ। आइतबार चीनबाहिरत पहिलो पटक फिलिपिन्समा कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको थियो।
वुहानबाट सुरु भएको नोवल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३६२ पुगेको छ । गत डिसेम्बरमा पहिलो पटक संक्रमण देखिएयता आइतबार बिहानसम्म चीनमा मात्रै तीन सय ६१ जनाको मृत्यु भइसकेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । मृत्यु हुनेमध्ये अधिकांश हुबेई प्रान्तका छन् । एक जनाको मृत्यु फिलिपिन्समा भएको हो। मृत्यु हुने व्यक्ति भाइरसको उद्गमस्थल चीनको हुबेई प्रान्तस्थित वुहानबाट फर्किएका चिनियाँ नागरिक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । ४४ वर्षीय ती व्यक्ति फिलिपिन्स पुग्नुअघि नै संक्रमित थिए । उनी हङकङ हुँदै एक ३८ वर्षीया महिलासँगै फिलिपिन्स आएका थिए । महिलामा पनि संक्रमणको पुष्टि भएको फिलिपिनी स्वास्थ्य विभागले जनाएको छ । संक्रमित ती पुरुषलाई मनिलास्थित एउटा अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उनलाई गम्भीर खालको ‘निमोनिया’ भएको थियो । कोरोना भाइरसका कारण चीनबाहिर पहिलो पटक एकजनाको ज्यान गएको पुष्टि गर्दै फिलिपिन्सस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि रवीन्द्र अभयसिंघेले नआत्तिन फिलिपिनी जनतालाई आग्रह गरेका छन् ।
उनले मृतक महामारीको केन्द्रबाट फिलिपिन्स आएको र स्थानीय रूपमा संक्रमित नभएकोले डर मान्न नपर्ने बताएका हुन् ।शवलाई अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम व्यवस्थापन गर्न चिनियाँ दूतावाससँग छलफल भइरहेको फिलिपिनी स्वास्थ्य अधिकारीले बताएका छन् । त्यस्तै संक्रमितको संख्या चीनमा मात्रै १७ हजार २ सय ५ पुगेको छ ।चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएअनुसार चीनमा एकैदिन थप २ हजार ८ सय २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। चीनको वुहानबाट सुरु भएको कोराेना भाइरस अहिले विश्व का करिब दुई दर्जन मुलुकमा फैलिइसकेको छ। विश्व का विभिन्न २७ वटा मुलुकमा १७९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ।
भाइरस नियन्त्रणका लागि चीनले विभिन्न कदम अघि सारेको छ । जसमध्ये १० दिनभित्रै उसले बनाएको नयाँ अस्पताल सोमबारबाट सञ्चालनमा आउने छ । वुहानमा बनेको सय शय्याको हुओसेन्सान अस्पतालमा सुरक्षा फौजका १ हजार ४ सय मेडिकल स्टाफलाई खटाउन राष्ट्रपति सी चिनफिङले स्वीकृतिदिएलगत्तै उनीहरु वुहान पुगिसकेका छन् । संक्रमण रोक्न हुबेई प्रान्तमा अन्य सहरबाट राष्ट्रिय मेडिकल कर्मचारी र सामग्री पठाइएको छ, नयाँ अस्पताल बनाइएका छन् । विद्यालय क्षेत्र खुल्ने दिन हाललाई स्थगन गरिएको छ भने यात्रा प्रतिबन्धलाई जारी नै राखिएको छ । बिदा पनि तीन दिन लम्ब्याइएको छ । सोमबारबाट चीनको व्यापारिक क्षेत्र भने खुल्दै छन् । भाइरस संक्रमणका कारण खस्केको बजारलाई उकास्न केन्द्रीय बैंकले १ सय ७३ विलियन डलर उपलब्ध गराउने आइतबार घोषणा गरेको छ ।
संक्रमणका कारण केही देशले चीन हुँदैआफ्ना देशमा हुने यात्रालाई प्रतिबन्ध लगाएका छन् । विभिन्न वायुसेवा कम्पनीले उडान स्थगन गरेका छन् । केही देशले आफ्ना नागरिकलाई फिर्ता लगेका छन् । चीन आफैं पनि बन्द अवस्थामा छ । यसले विश्वको ठूलो अर्थतन्त्रमा ठूलो असर परेको छ । यही कारणले केन्द्रीय बैंकले बजारलाई सहयोग गर्ने भएको हो । कोरोना भाइरसको प्रकोपसँग लड्न चिनियाँ अधिकारीले आइतबार हुबेई प्रान्त र त्यसको राजधानी वुहानमा मेडिकल आपूर्तिमा जोड दिएका छन् । प्रधानमन्त्री ली खछ्याङ आफैंले नेतृत्व गरेर वुहानलगायत प्रकोप फैलिएको क्षेत्रको निगरानी एवं अनुगमन गरिरहेका छन् । यसैबीच, वुहानपछि सबैभन्दा धेरै संक्रमित पाइएको छिमेकी हुवाङगाङमा आफ्नो ड्युटी राम्ररी नगरेको भन्दै ३ सय ३७ अधिकारीलाई कारबाही गरिएको छ । तीमध्ये ६ जनालाई जागिरबाटै निकालिएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ । त्यसैगरी सांघाईले ग्रामीण क्षेत्रमा पर्ने ६ हजारभन्दा बढी समुदायमा स्वास्थ्य अधिकारी पठाएको छ ।
मास्कको खपत बढी भएपछि बजारमा देखिएको अभाव हटाउन उत्पादन कम्पनीको क्षमतामा वृद्धि गर्न लागिएको चिनियाँ उद्योग तथा सूचना प्रविधि मन्त्रालयले उल्लेख गरेको छ । उसले अन्य देशबाट पनि मास्क मगाइएको जनाएको छ । युरोपेली संघलाई सदस्य राष्ट्रबाट मेडिकल सामग्री पठाउन सहयोग गरिदिन आग्रह पनि गरिएको छ । भाइरस संक्रमितको संख्या बढी रहेको हुबेई प्रान्तका केही सहरलाई अन्य भूगोलसँग अलग राखेर रोकथाम, नियन्त्रण तथा उपचार प्रयासलाई उसले जारी राखेको छ । जसका कारण करिब पाँच करोड ६० लाख व्यक्तिको आवागमन रोकिएको छ । भाइरसको प्रकोपसँग लड्न संयुक्त राज्य अमेरिका, अस्ट्रेलियालगायत राष्ट्रले भर्खरै चीन भ्रमणका गएका सबै विदेशीलाई प्रतिबन्ध गरेका छन् । चीनबाट फर्किएका आफ्ना नागरिक र उनीहरूका आफन्तलाई भने रोक लगाइएको छैन ।
यद्यपि अलग्गै राखेर निगरानी गर्ने व्यवस्था भने गरिएको छ । न्यूजिल्यान्ड, रुस, जापान, इटाली, इन्डोनेसिया, दक्षिण कोरिया र सिंगापुरले पनि यात्रा प्रतिबन्धको घोषणा गरेका छन् । यसैबीच, भारतले वुहानबाट तीन सय जना नागरिकलाई फिर्ता लगेको छ । करिब सय जना जर्मन नागरिक पनि स्वदेश फर्किएका छन् । थाइल्यान्ड र रुसले पनि वुहान र हुबेई प्रान्तबाट आफ्ना नागरिक फिर्ता लाने तयारी गरिरहेका छन् । बेलायतले पनि आफ्ना नागरिक फिर्ता लगेको छ। सन् २००३ मा फैलिएको ‘सार्स’ महामारी जस्तै कोरोना भाइरस पनि विश्वका दुई दर्जन देशमा पुगिसकेको छ । यद्यपि नयाँ भाइरसबाट मृत्यु हुनेको दर भने ‘सार्स’ को भन्दा कम रहेको स्वास्थ्य अधिकारीले बताएका छन् ।
हुनानमा बर्ड फ्लु
चीनको हुनान प्रान्तस्थित सुआङकिङ जिल्लाको एक कुखुरा फार्ममा ‘बर्ड फ्लु’ देखिएको छ । उक्त क्षेत्र कोरोना भाइरस संक्रमणको केन्द्र मानिने हुबेई प्रान्तको दक्षिणी सिमानामा पर्ने चिनियाँ अधिकारीले बताएका छन् । ‘सुआङकिङको साओयाङ सहरको एक कुखुरा फार्ममा बर्ड फ्लुको संक्रमण देखिएपछि फार्ममा रहेका सात हजार ८ सय ५० चल्लासहित चार हजार पाँच सय कुखुरा मरेका छन् भने संक्रमणपछि १७ हजार ८ सय २८ कुखुरा नष्ट गरिएको छ,’ चीनको कृषि तथा ग्रामीण मामिला मन्त्रालयद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न लागिपरेको चीनलाई यसले थप समस्यामा पारेको समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ ।


१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
५कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न

प्रतिक्रिया