SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२१ गते
    ८२९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकले उपाध्यक्षमा चयन गरेसँगै वामदेव गौतम शक्तिशाली भएका छन्। उनी यसअघिदेखि नै संगठन विभागको संयोजक छन्। विधान संशोधन गरेर संगठन विभागको अधिकार थपेसँगै पार्टी कार्यकर्ता परिचालनको जिम्मा विभागलाई नै दिएपछि गौतम शक्तिशाली भएका हुन्। नेकपामा करिब आठ लाख संगठित सदस्य छन्।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    संगठन विभागलाई नियमावलीअनुसार ६ वटा अधिकार रहेकामा अहिले थपेर ११ बनाइएको छ । पार्टीमा दुई अध्यक्षपछि उपाध्यक्ष हुने भए पनि वरियतामा भने दुई वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालपछि मात्रै उनको वरियता कायम गरिएको छ। उपाध्यक्ष भएपछि दुई अध्यक्षबीचको सन्तुलन कायम गर्ने भूमिका पनि उनलाई आइपरेको छ। विधानले गौतमलाई अध्यक्षको अनुपस्थितिमा अध्यक्षको अधिकार र कर्तव्य प्रयोग र पालना गर्ने, अध्यक्षलाई सहयोग गर्ने, केन्द्रीय कमिटीले तोकेको काम गर्ने तोकेको छ। विधानकै आधारमा तयार नियमावलीमा संगठन विभागको प्रमुखलाई पार्टी कमिटी परिचालनको अधिकार थपिएको छ। सो अधिकार र जिम्मेवारी पाएपछि बुधबारबाट शनिबारसम्म उपाध्यक्ष गौतम २ नं. प्रदेशको पार्टी काममा निस्कने भएका छन्। गौतम निकट स्रोतका अनुसार पार्टीले दिएको जिम्मेवारीअनुसार सातवटै प्रदेशमा संगठन निर्माण र परिचालनमा जाने उनको योजना छ।

    दुई वर्षअघि संघीय संसद्को निर्वाचनमा पराजित भएपछि उनले सांसद बन्न पटकपटक निर्वाचन लड्ने असफल प्रयास गरेका थिए। संसद्मा जिम्मेवारी निर्वाह गर्न नपाएका गौतमलाई पार्टी परिचालनको जिम्मेवारी दिएर नेकपाको केन्द्र भूमिकामा स्थापना गर्न लागिएको एक नेताले नागरिकलाई बताए। ‘उहाँलाई दुई अध्यक्षबीच सन्तुलन कायम गर्ने र पार्टी संगठन निर्माण तथा परिचालनको समेत जिम्मेवारी छ’, उनी निकट एक नेताले भने।

    उपाध्यक्ष भएलगत्तै आफ्नो निवासमा बधाई दिन आएका नेताहरुलाई उनले गुटबन्दीमा नलाग्न निर्देशन दिएका थिए। आफू निकटका नेताहरुलाई पार्टीलाई बलियो बनाउन लाग्न र गुटबन्दीमा नलाग्न उनले सुझाव दिएका हुन्। ‘अबदेखि पार्टीभित्र कुनै पनि गुटबन्दी हुँदैन। कोही पनि नेताहरुले गुट चलाउनुहुन्न। तपाईंहरु पनि गुटबन्दीमा सहभागी नहुनुस्’, गौतमलाई बधाई दिन पुगेका एक नेताले उनको भनाइ उद्धृत गरे। उनले भने, ‘हामीलाई यस्तो निर्देशन आयो। उहाँ निकै उत्साही देखिनुभयो।’

    साउन ३१ मा बसेको नेकपा सचिवालय बैठकले गौतम प्रमुख र जनार्दन शर्मा उपप्रमुख रहेको संगठन विभाग बनाएको थियो । त्यसपछि २९ असोजमा विभागमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारी सदस्य थपिएका थिए।

    त्यसपछि बनेको नियमावलीअनुसार विभाग ३५ सदस्यीय रहने व्यवस्था गरियो। ३० असोजमा बसेको विभागको पहिलो बैठकले पार्टी नियमावलीमा संशोधन, संगठित सदस्यता नवीकरण, संगठनात्मक कामलाई गति दिन तत्काल गर्नुपर्ने काम, पार्टीका नेता–कार्यकर्ता तथा सदस्यले पालना गर्नुपर्ने आचारसंहिताजस्ता विषयमा कार्ययोजना बनाई सचिवालयमा पेस गरेको थियो । त्यसअनुसार संगठन विभागलाई शक्तिशाली बनाउन नेकपाले पार्टी नियमावलीमै परिवर्तन ग-यो। नागरिक दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं