SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१९ गते
    ८०७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । स्वयम्भूनजिक कारखानाचोकबाट भित्र छिर्ने सात सय मिटर सडक नागार्जुुन नगरपालिकाले दुुई महिनाअगाडि कालोपत्रे गर्‍यो। अहिले सडकमा कालोपत्रे उप्किएर खाडल बनेका छन्।मपदण्ड पूरा नगरी बनाएका कारण कालोपत्रेले दुुई महिना पनि नथामेको नागार्जुुन नगरपालिका–४ का स्थानीयले बताए। ‘नगरपालिकाले मापदण्ड पूरा नगरी पिच गरेको देखिन्छ,’ एक स्थानीयले भने, ‘कालोपत्रे देखाउन मात्र गरिएको रहेछ।’

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    उक्त सडक बनाउन नगरपालिकाले ०७५ चैतमा कालिञ्चोक कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो। तर, वर्षात्को मौसम भएकाले त्यस बेला काम सुुरु नभएको नगरपालिकाका इन्जिनियर कञ्चन खनालले बताए। त्यसपछि कात्तिक मसान्तपछि कालोपत्रे गरियो। २० एमएको मोटाइको पिच गर्न ५४ लाख ९१ हजार रुपैयाँमा कालिञ्चोक कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको जानकारी दिए। ‘कालोपत्रे दुुई महिना नबित्दै उप्किएको हो,’ उनले भने, ‘ढललगायतका कारण पनि कालोपत्रे उप्किएको हुुन सक्छ।’

    लामो समयसम्म ढलको समस्याले गर्दा पिच गर्न सम्भव थिएन। तर, सबैले काम छिटो गरौं भन्न थालेपछि चिसो अवस्थामै सडक कालोपत्रे गरिएकाले उप्किएको इन्जिनियर खनालको भनाइ छ। ‘हामीले ढलको समस्या भएकाले तत्काल काम नगर्ने भनेका थियौं,’ उनले भने, ‘सबैको दबाबका कारण चिसोमै काम गर्‍यौं। त्यो पनि एउटा कारण बन्यो।’ तर, यति छिट्टै कालोपत्रे उप्किएकाले ठेकेदारले मापदण्डविपरीत बनाएर अनियमितता गरेको स्थानीयको आशंका छ।

    नगरपालिकाले ठेकेदारको काम सन्तोषजनक नभएको भनेर पत्र काटिसकेको इन्जिनियर खनालले बताए। ‘हामीले कालिञ्चोक कन्स्ट्रक्सनका नाममा पत्र काटिसकेका छौं,’ उनले भने, ‘ठेकेदारलाई पुुनः काम गर्न लगाउँछौं।’ अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं