SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१८ गते
    १४४४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रतिवेदनमा अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको गम्भीर असहमति रहेको खुलासा भएको छ ।केपी ओलीका विश्वासपात्र रहेका सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेकपाको केन्द्रीय कमिटी बैठकमा पेश भएको प्रतिवेदनमा ओली सहमत नभएको खुलासा गरेका छन् । प्रचण्डले राजनीतिक प्रतिवेदनमा ‘अमेरिकाको इन्डो प्यासिफिक रणनीतिमा चीनलाई घेर्ने उद्देश्य रहेको’ उल्लेख गरेपछि ओलीको असहमति रहेको केन्द्रीय सदस्य समेत रहेका बास्कोटाले बताएका छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले असंलग्न परराष्ट्र नीति विपरीत कुनै पनि देशका नीति र नियतबारे टीकाटिप्पणी गर्ने पक्षमा प्रधानमन्त्री ओली नरहेको बताएका छन् । ओली अमेरिकी सहयोगको एमसीसी परियोजना पारित गर्ने मनस्थितिमा रहेका बेला प्रचण्डले अमेरिकी नीति चीनविरोधी भएको कुरा प्रतिवेदनमा उल्लेख गरेका छन् ।

    ‘हामीसँग यो क्षमता छैन कि कुनै शक्ति राष्ट्रको कुन पोलिसी कुन देशलाई घेर्ने वा कुन देशलाई छेक्ने ढंगले ल्याइयो । यस्तो काल्पनिक दृष्टिकोण राख्नु हुँदैन । एउटा शक्ति राष्ट्रले कुन पोलिसी ल्याउँछ त्यसको आधिकारिक ब्याख्याता हामीझै भएर जानु हुँदैन,’ उनले भने ।

    यसअघि भेनेजुयला प्रकरणमा एउटा विज्ञप्ति निकाल्दा तीन पटक सच्याउनुपरेको स्मरण गर्दै बास्कोटाले शक्ति राष्ट्रका नीतिको बारेमा नेकपाले अनावश्यक रुपमा शब्दजाल प्रयोग गर्न नहुने स्पष्ट पारेका छन् । नेकपा बैठकमा पेश भएको आधिकारिक प्रतिवेदनभन्दा पनि प्रधानमन्त्री ओलीले मौखिक गरेको भाषण नेकपाको आधिकारिक धारणा भएको मन्त्री बाँस्कोटाले बताएका छन् । मन्त्री बास्कोटाले भनेका छन्, ‘हामीले नचाहिएका कुरा उठाएर जबरजस्ती स्थापित गर्न खोज्नु हुन्न । शक्ति राष्ट्रलाई उचाल्ने पछार्ने पनि होइन । एउटा वक्तव्य दिँदा के भयो ? सातचोटी जति सच्याउनुपर्‍यो । अमेरिका र चीनका रणनीतिको व्याख्या गर्ने काम नेकपाको होइन । प्रधानमन्त्री यसमा प्रस्ट हुनुहुन्छ ।’

    विगतका पत्रकार सम्मेलनलाई छोट्याउन कोसिस गर्ने प्रवक्ता बाँस्कोटाले यसपालि करीब आधा घण्टासम्म एमसीसी सैन्य रणनीतिभन्दा बाहिरको विषय रहेको स्पष्ट पार्न बोलेका थिए । बास्कोटाले भारत र चीनबाट पनि अनुदान तथा ऋण सहायता लिँदा विभिन्न शर्त स्वीकार गरिएको बताएका छन् । केही व्यक्तिले राजनीतिक बजार तताउन एमसीसीलाई विवादमा पारेको उनले बताएका छन् ।

    तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर एउटै पार्टी बनेपनि वैचारिक र व्यावहारिक रुपमा दुवै एक भएको देखिएको छैन । प्रचण्ड र ओली समूह छुट्टाछुट्टै दाउमा विदेशीका गोटी बनेको स्पष्ट देखिँदै आएको छ । प्रचण्डले चीनतिर ढल्केर प्रतिवेदन लेखेका छन् भने ओली पक्षले अमेरिकातिर ढल्केर एमसीसीको पक्ष लिइरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं