
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रतिवेदनमा अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको गम्भीर असहमति रहेको खुलासा भएको छ ।केपी ओलीका विश्वासपात्र रहेका सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेकपाको केन्द्रीय कमिटी बैठकमा पेश भएको प्रतिवेदनमा ओली सहमत नभएको खुलासा गरेका छन् । प्रचण्डले राजनीतिक प्रतिवेदनमा ‘अमेरिकाको इन्डो प्यासिफिक रणनीतिमा चीनलाई घेर्ने उद्देश्य रहेको’ उल्लेख गरेपछि ओलीको असहमति रहेको केन्द्रीय सदस्य समेत रहेका बास्कोटाले बताएका छन् ।
बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले असंलग्न परराष्ट्र नीति विपरीत कुनै पनि देशका नीति र नियतबारे टीकाटिप्पणी गर्ने पक्षमा प्रधानमन्त्री ओली नरहेको बताएका छन् । ओली अमेरिकी सहयोगको एमसीसी परियोजना पारित गर्ने मनस्थितिमा रहेका बेला प्रचण्डले अमेरिकी नीति चीनविरोधी भएको कुरा प्रतिवेदनमा उल्लेख गरेका छन् ।
‘हामीसँग यो क्षमता छैन कि कुनै शक्ति राष्ट्रको कुन पोलिसी कुन देशलाई घेर्ने वा कुन देशलाई छेक्ने ढंगले ल्याइयो । यस्तो काल्पनिक दृष्टिकोण राख्नु हुँदैन । एउटा शक्ति राष्ट्रले कुन पोलिसी ल्याउँछ त्यसको आधिकारिक ब्याख्याता हामीझै भएर जानु हुँदैन,’ उनले भने ।
यसअघि भेनेजुयला प्रकरणमा एउटा विज्ञप्ति निकाल्दा तीन पटक सच्याउनुपरेको स्मरण गर्दै बास्कोटाले शक्ति राष्ट्रका नीतिको बारेमा नेकपाले अनावश्यक रुपमा शब्दजाल प्रयोग गर्न नहुने स्पष्ट पारेका छन् । नेकपा बैठकमा पेश भएको आधिकारिक प्रतिवेदनभन्दा पनि प्रधानमन्त्री ओलीले मौखिक गरेको भाषण नेकपाको आधिकारिक धारणा भएको मन्त्री बाँस्कोटाले बताएका छन् । मन्त्री बास्कोटाले भनेका छन्, ‘हामीले नचाहिएका कुरा उठाएर जबरजस्ती स्थापित गर्न खोज्नु हुन्न । शक्ति राष्ट्रलाई उचाल्ने पछार्ने पनि होइन । एउटा वक्तव्य दिँदा के भयो ? सातचोटी जति सच्याउनुपर्यो । अमेरिका र चीनका रणनीतिको व्याख्या गर्ने काम नेकपाको होइन । प्रधानमन्त्री यसमा प्रस्ट हुनुहुन्छ ।’
विगतका पत्रकार सम्मेलनलाई छोट्याउन कोसिस गर्ने प्रवक्ता बाँस्कोटाले यसपालि करीब आधा घण्टासम्म एमसीसी सैन्य रणनीतिभन्दा बाहिरको विषय रहेको स्पष्ट पार्न बोलेका थिए । बास्कोटाले भारत र चीनबाट पनि अनुदान तथा ऋण सहायता लिँदा विभिन्न शर्त स्वीकार गरिएको बताएका छन् । केही व्यक्तिले राजनीतिक बजार तताउन एमसीसीलाई विवादमा पारेको उनले बताएका छन् ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर एउटै पार्टी बनेपनि वैचारिक र व्यावहारिक रुपमा दुवै एक भएको देखिएको छैन । प्रचण्ड र ओली समूह छुट्टाछुट्टै दाउमा विदेशीका गोटी बनेको स्पष्ट देखिँदै आएको छ । प्रचण्डले चीनतिर ढल्केर प्रतिवेदन लेखेका छन् भने ओली पक्षले अमेरिकातिर ढल्केर एमसीसीको पक्ष लिइरहेका छन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया