SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१७ गते
    १९५१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा निरन्तर उभिएका स्थायी कमिटी सदस्य भीम रावललाई मत्थर पार्ने कोसिस भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहालले उनलाई भेटेरै एमसिसीबारे मौन बसिदिन आग्रह गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा दाहालले रावललाई बोलाएर त्यसबारे छलफल गरेका थिए भन्ने खबर नागरिक दैनिकमा छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    तर रावलले आफू प्रमाणबिना नबोल्ने भएकाले यो विषयमा जहाँ र जस्तो ठाउँमा पनि धारणा राख्न सक्ने बताएका थिए। स्रोतका अनुसार केन्द्रीय कमिटीको बैठक सुरु हुनुअघि पार्टी काममा अछाम रहेका रावललाई पार्टी अध्यक्ष दाहालले निरन्तर फोन गरेर काठमाडौ बोलाएका थिए। १४ गते साँझ काठमाडौं आउने तयारीमा रहेका रावल अध्यक्ष दाहालको निरन्तर फोनका कारण १२ गते साँझ नै काठमाडौं आएका थिए। काठमाडौं आएपछि सुरुमै उनले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरे। त्यसपछि दाहालसँग भेटेर उनले आफ्ना कुरा राखेका थिए।

    उनले केन्द्रीय कमिटीको बैठकमा एमसिसीलाई छलफलको एजेन्डा बनाउन अध्यक्ष दाहाललाई आग्रह गरेका थिए। तर १५ गतेको बैठकको एजेन्डामा एमसिसी नदेखेपछि हलबाट उठेर उनले एजेन्डा मागे गरे। सोहीअनुसार अहिले केन्द्रीय कमिटीको बैठकमा एमसिसीमाथि बहस भएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं