
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
बिरामी छन् भन्दैमा प्रधानमन्त्री केपी ओलीले सबै कुराको ‘हो’ मा ‘हो’ मिलाउँछन् भन्ने छैनमात्र हैन, अनुमानभन्दा ठीक उल्टो, गत क्याबिनेट बैठकभरि उहाँ आक्रोशित मुद्रामा पेश भए । मन्त्रीहरू छक्क परे । मिर्गौलाको नियमित डायलोसिसपछि अघिल्लो सोमबार बसेको अहिलेसम्मकै सबभन्दा लामो (चार घण्टाको) क्याबिनेट बैठकमा प्रधानमन्त्री आफ्ना मन्त्रीहरूप्रति अत्यन्तै आक्रोशित र असन्तुष्ट देखिएका थिए ।
उनले हालै सम्पन्न मन्त्रिपरिषद् पुनर्गठनमा केहीलाई निरन्तरता दिएर तीन महिनाको ग्रेसमार्क दिइएको बताउँदै बिदा हुन मन भए मार्गप्रशस्त रहेको बताए । उनको भनाइ थियो, ‘सरकारको कार्यकाल दुई वर्ष पुग्न लागेको बेला मिडियाले थुप्रै कुरा लेखेका छन् । कतिपय सन्दर्भ आलोचनात्मक, आक्रोशपूर्ण र अतिरञ्जित हुनसक्छन् । तर, केही प्रसंग मिलेका पनि छन् । मन्त्रीहरूको कार्यशैली, कार्यसम्पादन, प्रस्तुति चित्त नबुझ्दो भएको कुरामा म पनि सहमत छु ।’
कार्यशैलीमाथि टिप्पणी गर्दै प्रमले केही उदाहरण पेश गरे । वर्षाको बेला तराईमा बाढी आउने, त्यसले कटान गर्ने, बस्ती डुबाउने प्रसंग निकाल्दै भने, ‘यो सबैलाई जानकारी भएको कुरा हो । त्यसलाई ध्यानमा राख्दै अहिलेदेखि नैै किन उपाय नखोज्ने ? जब वर्षा आउन लाग्छ, तब नदीका दायाँबायाँ बालुवाका बोरा लगेर छोपछाप पार्ने र बजेट सक्ने प्रबृत्ति छ ।’ उनले प्रधानमन्त्री रोजगार कोषमा पर्याप्त रकम भएको भन्दै ‘पैसाको चिन्ता छैन, जनतालाई प्रत्यक्ष राहत पुग्ने काममा त्यसलाई सदुपयोग गर्न सकिनेतर्फ सबैको ध्यानाकर्षण होस् । अहिल्यैदेखि बाँस ठड्याएर, रुख रोपेर बाढीको खतरा न्युनिकरण गर्न सकिने ठाउँ छ तर, मन्त्रीहरूको ध्यान पुग्दैन । कर्मचारीलाई काम लगाउन सकिएको छैन । अब यस्ता कुरा सह्य हुँदैनन्’, बैठकमा तीतो पोखे ।
उनले कड्किएर भने, ‘प्रत्येक मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरिएको छ । अब मलाई देखिने गरी परिणाम चाहिन्छ । मन्त्री हुने अनि एमसिसीजस्तो परियोजनाको विरोध पनि गर्ने ? यो कुरा सह्य हुँदैन । एमसिसीबारे सरकारको धारणा सार्वजनिक गर्न मन्त्रिपरिषद् कार्यालय या परराष्ट्रको आयोजनामा पत्रकार सम्मेलन गर्ने कुरा थियो । तर, कृषि मन्त्री घनश्याम भुषालले ‘पहिला संसदीय दलमा छलफल गरौँ, दलभित्रै एकमत कायम गरेपछि पत्रकार सम्मेलन पनि गर्नुनपर्ला’ भन्ने कुरा उठाए । उनले भने, ‘हाम्रो संसदीय दलभित्रै यसबारे प्रष्ट धारणा राख्ने र त्यहीअनुसार जाने भनिएपछि यसबीच जति पनि विरोध र विवादका स्वर आएका छन्, तिनलाई मत्थर पार्न सांसद, मन्त्री सक्रिय हुन्छन् । त्यसपछि व्यक्तिलाई दपेट्ने कुरै भएन ।’ तर, प्रमले ‘एमसिसी पास हुन्छ, जसरी पनि गर्नैपर्छ’ भन्दै कुराको बिट मारे ।
जनआस्था साप्ताहिकबाट भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया