SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१६ गते
    २०२० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,  । सत्तारुढ नेकपा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान सभामुख कृष्णवहादुर महराका बारेमा बोलेका छन् । राष्ट्रिय सभा गृहमा बुधबारबाट सुरु भएको बैठकलाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । सो क्रममा प्रधानमन्त्री ओलीले एमसीसी (अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन) पारित गर्नु पर्ने दवाव समेत दिएका छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    एमसीसीबारे बैठकमा चर्को बहस हुने अनुमान गरिएका बेला प्रधानमन्त्री ओलीले यसअघि नै एमसीसी पारित गर्नुपर्ने बताएर सदस्यहरुलाई यसबारे बहस गर्नुपर्ने नरहेको सन्देश दिएका छन् । यसअघि मंगलबार प्रतिनिधि सभाको बैठकमा पनि प्रधानमन्त्री ओलीले एमसीसी पारित गर्नुपर्ने बताएका थिए ।

    एमसीसी पारित गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि सहमत रहेका बेला आफ्नै पार्टीभित्रबाट विरोधको स्वर निस्कन सक्ने भएकाले प्रधानमन्त्री ओलीले एमसीसी पारित गर्नुपर्ने बताएका हुन् । बुधबारको पार्टी बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले एमसीसी रोक्ने कार्यमा पूर्वसभामुख तथा नेकपा नेता कृष्णबहादुर महरा रहेका बताए । एमसीसीबारे कुरा गर्न महरालाई जिम्मेवारी दिएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘तर किन महराले एमसीसी रोक्ने कार्य गर्नु भयो, थाहा नै भएन ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं