SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१३ गते
    ९८७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । सिराहाको औरी गाउँपालिका–२ मा श्रीमानले श्रीमतीलाई पेट्रोल छर्केर जिउँदै आगो लगाएका छन् । पारिवारिक लेनदेनको विषयमा विवाद हुँदा २१ वर्षीया अनिताकुमारी यादवलाई श्रीमान् विनोद यादवले शुक्रबार साँझ पेट्रोल छर्केर आगो लगाइदिएका हुन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    घाइते अनितालाई छिमेकीको सहयोगमा उपचारका लागि परिवारले विराटनगरस्थित म्याक्स अस्पताल पुर्‍याएका थिए, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई आइतबार बिहान ३ बजे राजधानीको कीर्तिपुर अस्पताल ल्याइएको थियो । तर, अस्पताल पुर्‍याउँदा नै उनको मृत्यु भइसकेको थियो ।जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी उमाप्रसाद चतुर्वेदीले खाना बनाउँदै गर्दा श्रीमान् र श्रीमतीबीच पारिवारिक लेनदेनको विषयमा विवाद भएको र सोही क्रममा विनोदले अनितालाई पेट्रोल छर्किंदा चुल्होबाट आगो सल्किएको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको जानकारी दिए ।

    ‘प्रारम्भिक अनुसन्धानले घटनामा पारिवारिक लेनदेन प्रमुख कारण रहेको देखाउँछ, घटनाका विषयमा अन्य पाटोबाट समेत अनुसन्धान जारी छ,’ सिराहाका एसपी चतुर्वेदीले भने ।मृतक अनिताकी श्रीमान् विनोद मलेसियामा तीन वर्ष बसेर केही समयअघि मात्रै घर फर्केका थिए, विदेशबाट कमाएर पठाएको चार लाख रुपैयाँ हिनामिना गरेको भन्दै अनितालाई पैसा फिर्ता माग्न दबाब दिँदै आएका थिए ।उनले आफूले पठाएको पैसाले ससुरा अशोककुमार यादवले सासूको नाममा ५ कट्ठा जग्गा किनेको र आफूले पैसा नपाएको भन्दै श्रीमतीलाई पैसा फिर्ता माग्न दबाब दिँदै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको हो । निरन्तरको दबाबपछि ससुराले ३ लाख फिर्ता गरे पनि बाँकी रकम फिर्ता नगरेको पाइएको छ ।

    तर, मृतक अनिताका बाबु अशोकुकमारले भने आफूमाथिको आरोप सत्य नभएको बताए । उनले जग्गासहितका सम्पत्ति भागबन्डाको कुरा उठाउँदा परिवारै मिलेर आफ्नो छोरीको हत्या गरेको दाबी गरे । ‘यो घटना अंशबन्डाको विवादका कारण भएको हो, जेठो दाइको नाममा रहेको जग्गासहितका सम्पत्ति भागबन्डा गर्ने कुरा छोरीले नै उठाएकी थिइन् । यसैकारण परिवार नै मिलेर हत्या गर्ने योजनासहित आगो लगाए,’ अशोकले भने ।

    अनिताले घाइते अवस्थामा विराटनगर अस्पतालमा रहँदा नै श्रीमान्सहित परिवारले मिलेर पेट्रोल छर्केर आगो लगाइदिएको बयान दिएको समेत उनले दाबी गरे ।‘छोरीले विराटनगर अस्पतालमा प्रहरीलाई दिएको बयानमा परिवार नै मिलेर आगो लगाएको भनेकी छन, अरु हामीलाई थाहा छैन, हामीले छोरी गुमायौं,’ अशोकले थपे । तर, अनिताको घर पक्षले भने माइती पक्षलाई नै घटना हुनुको मुख्य कारण देखाएको छ । उनका श्रीमान्ले आफू विदेश रहँदा कमाएर पठाएको पैसाको श्रीमतीले हिसाब–किताब नराखेको र माइती पक्षले मनोमानी ढंगबाट पठाएको पैसा हिनामिना गरेको कारण घटना भएको बताएका छन् । प्रहरीले भने घटनामा अन्य व्यक्तिगत कारणसमेत रहेको हुन सक्ने बताएको छ ।

    ‘घटनामा लेनदेनसहित व्यक्तिगत अन्य कारणहरू पनि रहेको देखिन्छ, श्रीमान् र श्रीमतीबीच असमझदारी र अविश्वास पनि रहेको घटनाले देखाउँछ,’ प्रहरीले भनेको छ । प्रहरीले विनोदलाई आइतबार नियन्त्रणमा लिएको हो । राजधानी दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं