
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
भरतपुर, । आफूलाई बालयोगेश्वर महाराज बताउँदै ठगी धन्दा चलाएका विजय भण्डारीबारे कान्तिपुरमा समाचार प्रकाशन भएपछि प्रमुख अतिथिको हैसियतमा महायज्ञको उद्घाटन गर्न चितवन पुगेका उपराष्ट्रपति नन्दबहादुर पुन कार्यक्रममा सहभागी नभई शनिबार काठमाडौं फर्किएका छन् ।
२५ करोड रुपैयाँ उठाउने लक्ष्य राखेर आयोजना गरिएको एक महिने यज्ञका मुख्य वक्ता नै ठगी पृष्ठभूमिका भएको खबर सार्वजनिक भएपछि उपराष्ट्रपति विवादमा तानिने भन्दै फिर्ता भएका हुन् । उपराष्ट्रपति फिर्ता भएपछि निर्धारित समयभन्दा ढिलो गरी यज्ञ सुरु गरिएको थियो । चितवन जिल्ला समन्वय समितिकी उपाध्यक्ष मुनाकुमारी श्रेष्ठले महायज्ञ उद्घाटन गरिन् । उपाध्यक्ष श्रेष्ठले उपराष्ट्रपति आउने भनेर पत्राचार गरिएको कार्यक्रममा समिति प्रमुखले नभ्याउने भएपछि आफू पुगेको बताइन् ।
उनले अचम्म मान्दै सुनाइन्, ‘प्रतीक्षा गर्दागर्दा उपराष्ट्रपति नआएपछि मलाई नै प्रमुख अतिथि बनाइयो ।’ कार्यक्रममा बसुन्जेल महानगरका प्रतिनिधि र जिल्लास्थित पार्टीका प्रतिनिधि कोही नदेखेपछि के भयो, कसो भयो भन्ने आफूलाई खुल्दुली लागेको उनले सुनाइन् । उनले भनिन्, ‘मैले म प्रमुख अतिथि बन्नका लागि आएकै हैन भनें तर उद्घोषकले मलाई नै प्रमुख अतिथि भनेर नाम घोषणा गरिहाल्नुभयो । भएको यही हो ।’
उद्घाटन कार्यक्रममा बालयोगेश्वर महाराज बताउने विजयले ऐतिहासिक कोटीहोम महायज्ञलाई नजरअन्दाज गरेर, कमजोर सम्झेर असफल पार्ने प्रयासलाई निर्मूल पारिने बताए । उद्घाटन भाषणको अधिकांश समय उनले सञ्चारमाध्यममा आफ्नाबारेमा आएका समाचारको घुमाउरो भाषामा खण्डन गर्दै त्यसलाई धर्ममाथिको प्रहारका रूपमा अर्थ्याए ।
उनले चितवन आएका उपराष्ट्रपति किन उद्घाटन नगरी फर्किए भन्नेबारे महायज्ञ समारोह समापनका बेला प्रस्ट पार्ने र विज्ञप्ति निकाल्ने पनि बताए । ‘कोटीहोम महायज्ञलाई असर पार्ने प्रयास जसले गर्छ, त्यसको परिणाम भगवान्ले देख्नुहुनेछ, हामीले केही गर्नुपर्दैन,’ उनले भने, ‘बाटामा हिँडदै गर्दा धेरै कुकुर भुक्ने गर्छन् । प्रत्येक कुकुरलाई हान्दै गयौं भने पन्छाउँदै हिँड्दा वास्तविक गन्तव्यमा पुग्न सकिँदैन । तसर्थ हामी आफ्नो यात्रा गरिराख्छौं । हाम्रो महायज्ञ चलिराख्छ ।’
आफूकेन्द्रित समाचारहरूलाई संकेत गर्दै उनले धर्ममाथिको प्रहारका रूपमा लिएर खबरदारी गर्ने बताए । उनले चितवनमा अर्को काण्ड नदोहरियोस् भनेर भगवान्सँग प्रार्थना गरेको बताए । ‘यसअघि चितवनमा धेरै काण्ड भए, तिनले कस्ता परिणाम ल्याए ? फेरि अर्को काण्ड भए हामी भ्रममा पर्ने छौं । धर्मका लागि ठूलो हानि हुनेछ,’ उनको भनाइ थियो । कान्तिपुरसँग कुरा गर्दै यज्ञ आयोजक समितिका प्रवक्ता दिलीप न्यौपानेले ‘महाराज’ विरुद्ध कसले र किन समाचार लेखाएको हो भन्नेबारे आफूलाई राम्रोसँग थाहा भएको बताए । उनले पुरानो घटनाको विषयमा किन समाचार लेखिएको भन्ने प्रश्न गर्दै यज्ञ असफल पार्ने षड्यन्त्र भएको दाबी गरे । यस्तो षड्यन्त्र कसरी र कसले गरायो भन्नेबारे उनले बताउन मानेनन् ।
भरतपुर महानगरपालिका–२३ मा रहेको पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले शनिबारदेखि नारायणगढस्थित नारायणी नदी किनारमा एक महिने महायज्ञ आयोजना गरेको हो । ऐतिहासिक १०८ कुण्डीय कोटीहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान माघीमेला महामहोत्सव एवं संगीतमय लीलामय अष्टोत्तरसत (१०८) श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ नाम दिइएको महायज्ञका प्रवक्ता दिलीप न्यौपानेका अनुसार महायज्ञबाट २५ करोड रुपैयाँ उठाउने योजना छ । उनले भने, ‘भरतपुर–२३ को पशुपतिनाथ मन्दिरलाई बृहत् धामका रूपमा विकास गर्ने, चितवनमै पहिलो आयुर्वेदिक शिक्षालय खोल्ने र क्यान्सर रोगबाट पीडित विपन्न परिवारलाई सहयोग गर्न यज्ञ आयोजना भएको हो ।’
रसुवा र नुवाकोटको सिमानामा पर्ने बेत्रावतीस्थित उत्तरगयाधाममा २०७० चैत २१–२९ मा श्रीमद्भागवत स्थल नवाह ज्ञान महायज्ञ लगाइएको थियो । सोही यज्ञको मुख्य वक्ता बनेर नुवाकोट पुगेका बेला विजयले आफूलाई विष्णु प्रपन्नाचार्य महाराजको नामले चिनाउँथे । त्यतिबेला ‘महाराज’ ले अमेरिकामा हुने गीता प्रवचनका लागि मान्छे चाहिएको भन्दै नुवाकोटको बेत्रावती र रसुवाको कालिकास्थानका आधा दर्जनभन्दा धेरैसँग एक लाखदेखि दस लाखसम्म रकम उठाएका थिए ।
‘महाराज’ गोसाइँकुण्ड पुगेका बेला बेत्रावतीका गणेश श्रेष्ठको ‘महाराज’ सँग चिनाजानी भयो । कान्तिपुरको सम्पर्कमा आएका गणेशले त्यही बेला ‘महाराज’ ले अमेरिका लैजाने प्रलोभन सुनाएपछि आफूले तीन लाख रुपैयाँ दिएको सुनाए । उनले त्यतिबेलै पासपोर्ट बनाए, ‘महाराज’ ले भनेअनुसार मेडिकल रिपोर्ट पनि तयार पारे तर भनिएअनुसार काम भएन । त्यसपछि उनी आफू ठगिएको निष्कर्षमा पुगे र ‘महाराज’ को खोजी सुरु गरे । ‘पछि पो थाहा पाएँ बेत्रावतीकै शशि डंगोल र सोमलाल लवट पनि उनीबाट ठगिएका रहेछन्,’ उनले भने ।
आफ्नो रकम फिर्ता लिनका निम्ति गणेशले काठमाडौं प्रहरीमा उजुरीसमेत दिएका थिए । उजुरी गर्दा पनि पैसा फिर्ता नपाएपछि उनले ‘महाराज’ को पिछा गरिरहेका थिए । उनले भने, ‘६ महिनाअघि पनि चितवन पुगेर पैसा फिर्ता माग्याथें ।’ उनका अनुसार लामो समय पछ्याएपछि ‘महाराज’ ले राजेन्द्र चालिसेमार्फत ५० हजार रुपैयाँ फिर्ता गरे । उनले भने, ‘अझै २ लाख ५० हजार उठाउन बाँकी छ ।’
केही पीडितले घर सल्लाह नगरी ‘महाराज’ लाई रकम दिएका कारण आफ्नो नाम खुलाउन चाहेनन् । सम्पर्कमा आएका पीडितहरूले रसुवा र नुवाकोटबाट मात्रै ‘महाराज’ ले अमेरिकाको लोभ देखाएर ५० लाखभन्दा धेरै उठाएको बताए । रसुवा बेत्रावतीका शशि डंगोलले पनि महाराजले दिएको आश्वासनमा परेर सात लाख गुमाएको बताए । उनले कलंकीस्थित आश्रममै पुगेर आफूले सुरुमा दुई र पछि पाँच लाख नगद दिए पनि काम नभएपछि फिर्ता लिन पहल थालेको सुनाए । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया