
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं, । सरकारले भारतीय खसीबोका आयातमा कडाइ गरेको छ। पशु सेवा विभागका अनुसार तीन महिनायता भारतबाट एउटा पनि खसीबोका भित्रिएको छैन। काठमाडौंलगायत सहरमा भने भारतीय खसीबोका नै स्थानीय भनेर बिक्रीवितरण भइरहेको छ।यसअघि दसैंताका ३०–४० हजार खसीबोका राजधानी भित्र्याइएका थिए। काठमाडौंमा सातामा ५ हजार खसी खपत हुने अनुमान छ। चौपाया व्यवसायी संघ कलंकीका अध्यक्ष जनक खड्का आफूकहाँ भारतीय खसीबोका नआएको बताउँछन्। ‘दसैंपछि वैधानिक रूपमा एउटा पनि खसीबोका काठमाडौंमा ल्याइएको छैन। चोरबाटोबाट फाट्टफुट्ट नआएका भने होइनन्’, उनी भन्छन्, ‘यसमा सरकार जिम्मेवार हुनुपर्छ। भारतबाट आउने खसीबोकामा कडाइ हुँदा चोरी भएर आउने गर्छन्।’
विभागले २०७५ फागुन २६ गतेदेखि क्वारेन्टाइन ऐन कडाइका साथ कार्यान्वयनमा ल्याएको हो। खसीबोका नेपाल भित्र्याउन सम्बन्धित देशले नै स्वस्थ भएको प्रमाणपत्र उपलब्ध गराउनुपर्छ। क्वारेन्टाइनमा गुणस्तर प्रमाणसमेत प्राप्त गर्नुपर्छ। यो प्रक्रिया पूरा गर्न व्यापारीलाई महिनौं लाग्छ।भारतीय खसीबोका सहज रूपमा भित्रिन नपाएपछि नेपालको उत्पादनले बजार धान्न सकेन। त्यसपछि भारतीय खसीबोका अवैध रूपले नेपाल छिराउने र राजधानीसम्म ल्याउने काम गिरोहले गरिरहेको छ। जसका कारण राजस्व ठूलो मात्रामा नोक्सान भइरहेको छ। यति मात्र होइन, अवैध तरिकाले आउने खसीबोकाको क्वारेन्टाइन परीक्षण नहुँदा उपभोक्ताको स्वास्थ्यसमेत जोखिममा छ।
काठमाडौंमा दिनहुँ ठूलो परिमाणमा खपत हुने रातो मासु अवैध तवरले भारतबाट भित्र्याइने खसीबोकाकै हुन्छ। प्रश्न उठ्छ– भारतीय खसीबोका कहाँबाट राजधानी भित्रिन्छन् ? पशु क्वारेन्टाइन कार्यालय कृष्णनगर कपिलवस्तुका एक कर्मचारीका अनुसार भारतबाट ठूलो मात्रामा खसीबोका अवैध तरिकाले कपिलवस्तुसम्म भित्रिरहेको छ।
‘हामीले भेटेसम्म नियन्त्रणमा लिइरहेका छौं तर अवैध ढंगले ल्याउने क्रम रोकिएको छैन’, ती कर्मचारी भन्छन्, ‘गिरोहले भारतबाट मासिक १० हजारजति खसीबोका भित्र्याउने गरेका छन्। यो काममा प्रहरीदेखि भेटेरिनरी डाक्टरसम्मको मिलेमतो हुन्छ।’पछिल्ला तीन महिनामा कपिलवस्तुबाट ठूलो मात्रामा खसीबोका राजधानी भित्र्याइएको कागजपत्र अन्नपूर्णलाई प्राप्त भएको छ। पुसमा मात्रै उक्त जिल्लाबाट तीन कम्पनीले ४ हजार ८ सय ४४ वटा भित्र्याए। तीन कम्पनीमध्ये दुइटा कपिलवस्तुका होइनन्।
अर्कै जिल्लामा दर्ता कम्पनीले किन कपिलवस्तुबाट मात्रै खसीबोका राजधानी पठाइरहेका छन् ? यी कम्पनीको शंकास्पद कारोबारसहितका कागजपत्र अन्नपूर्णले पाएको छ। यी कम्पनीका नाममा अन्य व्यक्तिले नै खसीबोकाको अवैध कारोबार गरिरहेको स्रोत बताउँछ। केही कम्पनीका मालिकसमेत यो काममा संलग्न रहेको ती स्रोतको दाबी छ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया