SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१० गते
    ११८० &#२३४६;&#२३३५;&#२३२५;

    निर्मल पौडेल कुश्मा, पर्वत । जिल्ला सदरमुकाम कुश्मामा रहेको श्री शिवालय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिबिहीन स्रोत कक्षामा अध्ययनरत विद्यार्थीहरुले आफूलाई आवश्यक शैक्षिक सामग्री प्राप्त गरेका छन् । आज विद्यालयमा आयोजित एक कार्यक्रमका बीच दृष्टिबिहीन छात्रछात्राहरुलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो । राष्ट्रिय बाणिज्य बैंक स्थापनाको ५५ औं वार्षिकोत्सवको सन्दर्भमा बैंकको कुश्मा शाखाले शैक्षिक सामग्री प्रदान गरेको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वर गिरीले बैंकले प्रदान गरेको शैक्षिक सामग्रीले दृष्टिबिहीन विद्यार्थीहरुको पठनपाठन क्रियाकलापमा सहजता मिल्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय बाणिज्य बैंक कुश्मा शाखाका प्रबन्धक नवराज ढुंगानाले आफूहरुले निर्वाह गर्नुपर्ने सामाजिक उत्तरदायित्व अन्तरगत शिवालय माध्यमिक विद्यालय दृष्टिबिहीन स्रोत कक्षामा पढ्ने विद्यार्थीहरुलाई शैक्षिक सामग्री उपलब्ध गराइएको र आगामी दिनमा पनि यस्तो सहयोगलाई निरन्तरता दिन सकिने जानकारी दिनुभयो ।

    सामग्री हस्तान्तरण कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. ६ का अध्यक्ष रुद्र गिरी, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्र पहाडी, शिवालय बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा निमित्त प्रधानाध्यापक लेखनाथ उपाध्याय, विद्यालय व्यवस्थापन समितिका सदस्य मानकुमारी गिरी, राष्ट्रिय बाणिज्य बैंक कुश्मा शाखाका अधिकृत लोकप्रकाश पौडेललगायतले बोल्नुभएको थियो । दृष्टिबिहीन स्रोत शिक्षक हरीदत्त शर्मा, शिक्षक ढाकाराम पुरी, बैंकका अन्य कर्मचारीसहित दृष्टिबिहीन छात्रछात्राको सहभागिता रहेको उक्त कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वर गिरीले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं