SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/९ गते
    १०५७ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा, । पोखराका फोटो पत्रकार र अष्टे«लियाका फोटो पत्रकारबीच फोटो पत्रकारिताबारे अनुभव आदानप्रदान भएको छ ।पोखरा घुम्न आएको अष्टे«लियन टोलीको स्वागतमा नेपाल फोटो पत्रकार संघ कास्कीले पोखरामा बुधबार आयोजना गरेको छलफलमा दुई देशको फोटो पत्रकारिताको अवस्था र चुनौतीबारे छलफल सहित अनुभव आदानप्रदान भएको हो । उनीहरुले पोखराको विभिन्न ठाउँको भ्रमणको क्रममा खिचेका तस्वीर अष्टे«लियामा पुगी आ–आफ्नो संचारमाध्यममा स्थान दिने बताए । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धन गर्दै आफ्ना नागरिकलाई नेपाल घुम्न जान प्रेरित गर्ने जेसिका पविनले जनाइन् । कार्यक्रम अवसरमा उनले पोखरा घुम्दा आफूलाई निकै राम्रो लागेको र यहाँका तस्वीर संकलन गरेको बताइन् ।

    अर्का फोटो पत्रकार चन्तल रोवर्टस्ले भोलिका दिनमा दुई देशबीचका फोटो पत्रकारबीच फोटो र प्रविधिबारे छलफल गर्ने बताइन् । नेपाल फोटो पत्रकार संघ कास्की अध्यक्ष प्रदीप पौडेलले यसप्रकारको कार्यक्रमले क्यामरासँगै विकसित प्रविधिबारे बुझ्न सहज भएको बताए । नेपाल फोटो पत्रकार महासंघ गण्डकी अध्यक्ष राम गुरुङले फोटोको महत्व जहाँ तही रहेको बताए । महासंघ गण्डकी सचिव कृष्णमणि बरालले नेपालका फोटो पत्रकारिताबारे समस्या र चुनौतीबारे बोलेका थिए ।

    पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष अशोक पालिखेले व्यवस्थापन गरेको कार्यक्रममा संघ कास्कीका सल्लाहकार सुदर्शन रञ्जित, उपाध्यक्ष नारायण आचार्य, सचिव दुर्गाप्रसाद पौडेल, सहसचिव उमेश पुन, कोषाध्यक्ष सुरज श्रेष्ठ लगायत बोलेका थिए । अष्टे«लियाबाट २ साताअघि विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी २२ सदस्यीय टोली नेपाल आएको थियो । टोलीले बन्दीपुरमा हेल्थ क्याम्प, पोखराका स्कूलमा स्टेशनरी सामान वितरण गरेको थियो । सो क्रममा टोलीले फेवाताल, बेगनास, सराङकोट लगायत यहाँका पर्यटकीयस्थलको अवलोकन गरेको हो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं