SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/८ गते
    १२२२ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत– पर्वत उद्योग वाणिज्य संघको आयोजनामा भोलीबाट सुरु हुन लागेको छैठौँ पर्वत महोत्सवको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको बडागाउँको खेलमैदानमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि महोत्सवको तयारी पूरा भएको जानकारी गराएको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महोत्सव मूल आयोजक समितिका संयोजक केदारनाथ शर्माले महोत्सको मुख्य तयारीहरु सबै सकिएको जानकारी दिनुभयो। भोली दिउसो १ बजे महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको बताउनुसभयो । बिहान ११ बजे कुश्माको लोकतन्त्रचोकबाट झाँकी तथा ¥याली निकाल्न सुरु हुने छ ।

    कार्यक्रममा बोल्दै महोत्सव प्रचारप्रसार समितिका संयोजक ठाकुर बी. पौडेलले महोत्सवमा ३० ओटा निशुल्क, १ सय ३० ओटा व्यवसायिक, १५ ओटा होटल र प्रयोजक १० ओटा स्टलहरु रहेको जानकारी गराउनुभयो । यस्तै, रचनात्मक कामहरु प्रदर्शन गर्ने तथा शिक्षासँग सम्बन्धित स्टलहरुको भाडा केही कम राखिएको पनि उहाँको भनाई छ ।

    आजसम्म पर्वत, स्याङजा, बागलुङ र कास्की जिल्लाका १३ ओटा भलिबल टीमले नाम दर्ता गराएको तथा दर्ता गर्ने समय भोली बिहान १० बजे सम्म रहेकोले अन्य टीम पनि थप हुने अपेक्षा गरिएको पौडेलको भनाई छ । महोत्सव आर्थिक समितिका संयोजक गोपी अधिकारीले महोत्सवबाट झण्डै डेढ करोड रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको बताउँदै सरकारले उपलब्ध गराउने प्रमाणको आधारमा ७० बर्ष माथिका ज्येष्ठ नागरिक तथा क, ख र ग बर्गको अपांगता परिचय पत्र भएकाहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

    अहिलेसम्म ८ सय भन्दा बढीको संख्यामा प्याकेज टिकटहरु बिक्री भइसकेको बताउँदै आर्थिक संयोजक अधिकारीले प्रयोजकहरुबाट मात्रै कम्तीमा पनि ५० लाख रुपैयाँ आम्दानी हुने बताउनुभयो । प्रचारप्रसार संयोजक ठाकुर बी. पौडेलका अनुसार भोलीको उद्घाटन समारोहपछि कलाकारहरु कृष्ण अखेली, भरत क्षेत्री, रिना के.सी, सूदीप क्षेत्री लगायतका लोक कलाकारहरुको सांगितिक प्रस्तुतीहरु रहने भएका छन् । भोलीबाट सुरु गर्न लागिएको महोत्सव यही माघको १९ गतेसम्म संचालन हुँदै छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं