
१सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
२स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
३ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
४पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
५विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
६महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
७जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
८जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
९भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न
१०मोदी गाउँपालिकाको ७५ करोड १८ लाखको बजेट,कृषि, युवा रोजगार र सुशासनमा जोड
११रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
१२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
८कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
९अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
१२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
काठमान्डौ । कोरियाली कम्पनि एसवाई प्यानलले (SY Nepal) आफ्नो उत्पादन शुरु गरेको छ । फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै हप्तादेखि उत्पादन शुरु गरेको हो । नेपालका बिभिन्न जिल्लामा कम्पनिबाट विभिन्न रंगहरुमा छाना तथा वाल प्यानलहरु उत्पादन शुरु गरेका छन् । बिभिन्न रंगको छाना र वाल २ देखि ६ इन्चीसम्म बाक्लो उत्पादन गरिने कम्पनीले जनाएको छ । शतप्रतिशत कोरियन प्रबिधि र लगानीमा स्थापना गरिएको सो कम्पनिको उत्पादनहरु भुकम्प प्रतिरोधी,सस्तो ,६० बर्ष टिकाउ हुने जनाइएको छ ।
७२ करोड रुपैयाँ अधिकृत पुंजी रहेको सो कम्पनीले नेपालमा पहिलो पटक आधुनिक प्रबिधिद्वारा प्यानल उत्पादन शुरु गरिएको जनाइएको छ । कम्पनिद्वारा उत्पादन हुने छाना र वाल गर्मि क्षेत्रका लागि बरदान हुने जनाइएको छ । सो छानाले ८ देखि १० डीग्रीसम्म तापक्रम रोक्न सहयोग गर्छ। यो प्रविधिले चितवन लगायत तराइबासिलाई गर्मिबाट बच्न ठुलो सहयोग गर्ने छ । त्यसैगरी पहाडी र हिमाली भागमा बसोबासीका लागि पनि बरदाननै साबित हुने छ ।१२ सय डिग्रीको तापक्रम कलर कोट गरिएको स्टील दुई तिर र बिचमा पोलिट़ाइरोन इन्सुलेसन गरिने भएकोले यो प्यानलले चिसो तातो रोक्न मद्दत गर्दछ ।
४३ जिल्लामा डिलर वितरण गरिसकेको र कोल्डस्टोरको लागि चाहिने प्यानलसमेत उत्पादन गरिरहेको कम्पनीले आधुनिक प्रविधिमै स्टीलको ढोका र यूपिभिसी झ्याल समेत उत्पादन तयारी गरिरहेको छ । एउटा सामान्य कारको मुल्य बराबरमा साढे २ तला सम्मको घर निर्माण हुन्छ ।सरकारले भूकम्पबाट ध्वस्त भएका घर निर्माणको लागि दुई लाख रुपैयाँ दिने घोषणा गर्यो । यो घोषणापछि धेरैले आलोचना गर्दै भने, दुईलाख दिएर पनि घर बन्छ ? सामान्य रुपमा हेर्दा दुई लाख सानो रकम हो । यति थोरै पैसाले कहाँ घर बन्ला ? तर दशकदेखि स्थानीय स्रोत र साधनको प्रयोग गरेर घर बनाइरहेको एउटा कम्पनीले डेढ लाखमा घर बन्ने दावी गरेको छ ।
हिमालयन ब्याम्बो प्रालि जसले डेढ लाखमै भूकम्प प्रतिरोधी घर बनाउने दावी गरेको छ ।कोठाको घर डेढ लाखमै निर्माण गर्छौ । मुलुकभित्रै रहेको बाँसबाट राम्रो घर निर्माण गर्न सकिन्छ,’ कम्पनीका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले बिजमान्डूसँग भने, ‘घर निर्माणमा विदेशी सामानको प्रयोगनै गर्नुपर्दैन । स्वदेशी वस्तुको प्रयोग हुने भएकोले सस्तो भएको हो ।’ भूकम्पपछि सस्तो, छिटो र सजिलोसँग घर निर्माण गर्न चासो बढेको छ । छिटो र सस्तो निर्माणका लागि यस्ता घर उत्तम हुन्छन् ।
कम्पनीले एक महिना भित्रै घर निर्माण गरेर ग्राहकलाई हस्तान्तरण गर्ने दावी गरेको छ । १५ दिनमा फाउन्डेसन र १५ दिनमा घरनै निर्माण सकिने जानकारी पनि कम्पनीले दिएको छ । ‘हामी ग्राहकले चाहे अनुसारको घर निर्माण गर्न सक्छौ । न्यून, मध्यम र उच्च आय भएका ग्राहकको माग अनुसार घर निर्माण गर्न सक्ने क्षमता छ,’ अध्यक्ष जोशीले भने, ‘तर अहिलेको आवश्यकता भनेको भूकम्प पीडितको पुनस्र्थापनाको हो । त्यसैले डेढ लाख र साढे तीन लाख रुपैयाँको घरलाई बढी लक्षित गरेका छौ ।’ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाँसको घरको बारेमा जानकारी लिइसकेको छ ।
कम्पनीले एक हजार घर निर्माण गर्नसक्ने जानकारी एनआरएनलाई दिएको छ ।अरु घरजस्तै फाउन्डेस ढुंगा, सिमेन्ट र ईटाबाट तयार गरिन्छ । फाउन्डेसन तयार भएपछि बाँसबाटै विम, चौकस लगायतका सम्पूर्ण सामाग्री तयार हुन्छ । कम्पनीले घरको लागि आवश्यक पर्ने सामग्री हेटौंडामा रहेको आफ्नो उद्योगमा तयार गर्छ । फाउन्डेसन तयार भएपछि उद्योगबाट सामान ल्याएर प्राविधिकले जोड्ने काम गर्छन् । घरको छानामा टिन प्रयोग गरिन्छ भने भित्तामा बाँस प्रयोग हुन्छ । बाँसको भित्तामा सिमेन्टले प्लास्टर गरिन्छ ।कम्पनीले बाँसबाट निर्माण भएको घरको आयु ३० वर्षको हुने दावी गरेको छ ।
‘यो घरको ग्यारेन्टी ३० वर्षको गरेका छौ । तर यो भन्दा बढी पनि टिक्छ,’ जोशीले भने, ‘ घर निर्माणलाई दिगो बनाउने हाम्रो प्रयास हो ।’घर बनाउँदा प्रयोग हुने बाँसको आवश्यक ट्रिटमेन्ट गरिन्छ । कम्पनीका अनुसार ट्रिटमेन्ट गरेपछि बाँसमा किरा लाग्ने समस्यानै हुँदैन । यस्तो बाँसमा धुलिया लाग्ने समस्या पनि हुँदैन । बाँस आफै इन्सुलेटेड भएकोले विग्रिने समस्या पनि कम हुन्छ ।कम्पनीले अहिलेसम्म एक हजार घर बनाइसकेको छ ।
कम्पनीले व्यक्तिगत, गैरसरकारी संस्था, विद्यालयलगायत लागि यस्ता घर बनाएको हो । कम्पनीले तीन सय स्क्वायर फिटको मुक्त कमैयाको क्याम्प, विराटनगरमा पाँच सय ८० स्क्वायर फिटको निजी आवास, मेलम्चीमा रिम्स नेपालको एक हजार स्क्वायर फिटको घर र एक हजार स्क्वायर फिटको ट्रेनिङ हल, आठ सय ८० स्क्वायर फिटको भवानी एकीकृत स्कुल, नेपाल उद्योग वाणिज्य महासंघको सुर्खेतमा टे«ड स्कुल, लेखनाथ उद्योग वाणिज्य संघको ट्रेनिङ हललगायत निर्माण गरिसकेको छ ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया