SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/७ गते
    ९१७ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । अन्नपूर्ण गार्डेन रेष्टुरेन्टले खहरे आमा समूहलाई सरसफाई कार्यक्रमको १५० औं हप्ता पुरा भएको अवसरमा ७० थान ज्याकेट हस्तान्तरण गरेका छन् ।रेष्टुरेण्टका संचालक किरण गुरुङले सामाजिक उत्तरदायित्व अन्र्तगत आफ्नो रेष्टुरेण्टले सरसफाई सक्रिय आमा समुह खहरे आमा समुहलाई सहयायेग गरेको वताए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    पोखरा बृहत सफाई अभियानको १९० औं तथा खहरे आमा समूहको १५० औं अभियानले पोखरा–६ गैह्राको चौतारादेखि खहरेघाटसम्म फेवातालको किनार सफा गरी सम्पन्न ग¥यो ।कार्यक्रममा बंगलादी आमा समूह र बंगलादी टोलबिकास संस्थाले पनि आआफ्नो संस्थागत उपस्थिति जनाएका थिए ।

    सो अवसरमा पोखरा महानगरपालिका वडा नं. ९ का सचिव लोकदर्शन कोइरालाले राष्ट्रिय गान बजाएका थिए भने खहरे आमा समूहकी अध्यक्ष मैया थापाले सरसफाई सम्बन्धि सपथ खुवाएकी थिइन् । त्यसैगरी अभियानका संयोजक रामबहादुर पौडेलले सरसफाई अभियानको बारेमा जानकारी गराएका थिए ।

    सरसफाई कार्यक्रमको क्रममा अभियानकर्ताहरुले तालको किनारमा होटल र रेष्टुरेन्ट चलाएका व्यवशायीहरुलाई फोहर पानी तथा फोहरजन्य उत्पादन तालमा र तालको किनारको फुटट्रयाकमा नफाल्न आग्रह गरेका थिए ।

    कार्यक्रममा सशस्त्र प्रहरी गण, प्रदेश प्रहरी गण, सेवाका लागि युवा, नागरिक समाज पोखरा, महिला पर्यटन मन्च, जलारी समुदाय, बंगलादी बचत तथा ऋण सहकारी, बंगलादी डुँगा व्यवशायी समिति, सराँगकोट बृहत सरसफाई अभियान, खहरे टोल बिकाश संस्था र स्थानीय वासी लगायतको उपस्थिति थियो ।

    पोखरा महानगरपालिका वडा नं. ६ का अध्यक्ष जगत पहारीको अध्यक्षतामा भएको उक्त कार्यक्रम खहरे घाटमा समापन भएको थियो । कार्यक्रमको संचालन बंगलादी आमा समूहकी उपाध्याय मिठू लामिछानेले गरेकी थिइन् । संकलित फोहरको व्यवस्थापन पोखरा महानगरले गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं