
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं,। ‘मेरो के गल्ती छ? एक जनाको दोषको म किन भागीदार बन्ने? एक जना चारित्रिक अपराधमा जेल जाने, मलाई सजाय हुने? मैले उपसभामुख छाड्नुपर्ने कारण के हो? पार्टीले लिखित देओस्।’उपसभामुख डा. शिवमाया तुम्बाहाङफे आइतबार साँझसम्म नेकपा शीर्ष नेतृत्वलाई यही प्रश्न गरिरहेकी थिइन्। यस अवधिमा उनले सभामुख पदमा आफैं उम्मेदवार बन्न कोसिस पनि गरिन्। नेकपाले अग्निप्रसाद सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेपछि भने उनको दौडधुप काम लागेन। नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आइतबार बिहान सापकोटाका विषयमा सहमतिमा पुगेका थिए।
उनी अन्तिमसम्म पनि प्रतिनिधिसभालाई नेतृत्वविहीन अवस्थामा छाड्न पदीय जिम्मेवारीले नदिने अडानमा रहिन्। उनले अन्ततः सोमबार उपसभामुख पदबाट राजीनामा दिएकी छन्। आफूलाई उपसभामुखमा निर्वाचित गराउने पार्टी नेकपालाई सभामुखमा उम्मेदवारी दिन उनले संवैधानिक रूपमै बाटो खोलिदिइन्। पार्टीले उम्मेदवार घोषणा नगर्दासम्म राजीनामा नदिने सर्त तेस्र्याएकी उनले आफ्नो अडान त जितिन् तर पदीय हैसियत जोगाउन सकिनन्।
४ पुसमा सुरु संसद्को हिउँदे अधिवेशन यो अवधिमा तीनपटक सूचना टाँस गर्दै स्थगन भयो। तर, उनले नेकपाले सभामुख उम्मेदवार चयन नगर्दासम्म राजीनामा नदिने अडानमा जितिरहिन्। संसदमा पनि उनले बैठकै राखेर आफूले राखेको अडानको बचाउ गरिन्। त्यसपछि मात्र पदबाट राजीनामा दिइन्। प्रतिनिधिसभाको पहिलो बैठकमा सोमबार उनले दुई पृष्ठको लिखित मन्तव्य दिइन्। त्यसपछि बैठक दुई घण्टा स्थगन गरी बानेश्वरस्थित आफ्नै कार्यकक्षमा संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईलाई बोलाई पदबाट राजीनामा दिइन्।
उनले राजीनामाअघि सोमबार बिहान ११ बजे प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष दाहालसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेकी थिइन्। त्यहाँ उनले आफ्नो राजीनामा प्रक्रियाका विषयमा छलफल गरेकी उनीनिकट स्रोतले बताएको छ। उनले ओली र दाहालसँग आफूले कसरी राजीनामा दिने भन्नेबारे बेलीविस्तार लगाइन्- ‘पहिले संसद् बैठक चलाउने, त्यहाँ आफ्ना कुरा सांसदहरूबीच राख्ने र आफ्नो अडान संसदमा रेकर्ड गराउने, त्यसपछि पत्रकार सम्मेलन गर्ने र अर्को बैठक राखेर त्यही दिन राखेर ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक राखी सभामुख निर्वाचन प्रक्रिया थाल्ने।’
उनको राजीनामाका विषयमा प्रधानमन्त्री ओलीसँग छलफल गर्न दाहाल बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। तुम्बाहाङफेलाई त्यहीं बोलाएर दुई अध्यक्षले छलफल गरेका थिए। तुम्बाहाङफे बालुवाटारमा आधा घण्टा छलफल गरी सिंहदरबार फर्किइन्। कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनतिर नलागी उनले कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाण र सचेतक पुष्पा भुसालसँग कुरा गरिन्। संसदमा आफूले दिने मन्तव्यको भाषाका विषयमा सिंहदरबारस्थित कार्यकक्षमा उनले नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङलाई बोलाएर छलफल गरिन्। आफूले तयार पारेको मन्तव्यको ड्राफ्ट सुनाइन्।
त्यसपछि प्रतिनिधिसभा बैठक राखेर उनले दुई पृष्ठको लिखित मन्तव्य सुनाइन्। संसद्को पहिलो सत्रपछि उनले संसद्का सभामुखलाई सम्बोधन गर्दै संविधानको धारा ९१ को उपधारा (६) को खण्ड (ख) तथा प्रतिनिधिसभा नियमावली २०७५ को नियम २११ को उपनियम (१) बमोजिम उपसभामुख पदबाट राजीनामा दिएकी हुन्। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया