SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/६ गते
    ८९४ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा, । स्याङजाको हरीनाश २,गुर्जामा स्थापित सुनगाभा युवा क्लवले स्थापनाको २५ औ बर्षगाठको उपलक्ष्यमा रजत जयन्ती मनाएको छ । रजत जयन्तीको उपलक्ष्यमा वडा स्तरीय भलीवल प्रतियोगिता तथा विविध साँस्किृतिक कार्यक्रम सम्पन्न भएको छ ।

    समापन समारोहमा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य खिम कुमार बि.क हिक्मतले युवा क्लवले समाज परीवर्तन र सचेतनाको लागि बिशेष भुमिका खेल्नुपर्न बताए । देशको भविष्य युवाहरुको भविष्य संग जोडिएको छ ,तर्सथ युवाहरु सधै सचेत भएर अगाडी बढनुपर्छ ,उनको भनाई थियो ।

    आयोजित भलीवल खेल तर्फ प्रथम हुन सफल थ्री स्टार क्लव मोचावारीले रु.३० हजार शील्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने दोश्रो र तेश्रो हुन सफल परीवर्तन युवा क्लव आग्रीडाडा र आयोजकले क्रमश रु.२० हजार र १० हजार सहित शील्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

    साँस्कृतिक कार्यक्रम तर्फ कलाकारहरु विलन थापा ,सविना गुरुङ,विजेन्द्र नौभाग्य ,अरुण थापा साथै क्लवका कलाकारहरुको प्रस्तुति दिएका थिए । कार्यक्रममा समाजसेवी कुमार थापा ,सी.वी थापा लगायतकाले मन्तव्य राखेका थिए । क्लवका अध्यक्ष मोहन थापाको अध्यक्ष्यतामा सन्चालित कार्यकमको सन्चालन सन्चरकर्मी गोविन्द सिन्जालीले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं