SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/६ गते
    ९०२ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र /कपिलवस्तु 
    कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा रहेको शान्ति पुनर्स्थापना गृहको कार्यालयमा आर्थिक बर्ष २०७५/२०७६ को बार्षिक समिक्षा कार्यक्रम शान्ति पुनर्स्थापना गृहका अध्यक्ष शान्ति सापकोटा को अध्यक्षता मा सम्पन्न भएको छ। जस्मा विशिष्ट अतिथि शिवराज नगरपालिका का उप मेयर शिव कुमारी चौधरी, भारत बढ्नी का चेयर मैन निसार अहमद बागी र कृष्णनगर नगरपालिका वडा नं २ का वडाध्यक्ष संजय गुप्ता रहे।

    अतिथिमा इलाका प्रहरी कार्यालय प्रमुख कृष्णनगर का प्रहरी निरिक्षक प्रताप पौडेल, राष्ट्रीय मानव अधिकार प्रतिष्ठान कपिलवस्तु का अध्यक्ष विष्णु प्रसाद खतिवडा , कपिलवस्तु व्यापार संघका अध्यक्ष महादेव पोख्रेल र आफन्त नेपाल कपिलवस्तुका जिल्ला संयोजक केशर विश्वकर्मा रहे।शान्ति पुनर्स्थापना गृह कपिलवस्तु का जिल्ला संयोजक निशा पन्थी ले स्वागत मन्तव्य राखिन्।

    शान्ति पुनर्स्थापना गृह कपिलवस्तु १२ बर्ष देखि निरन्तर मानव वेचविखन विरूद्ध काम गर्दै आएको छ। उक्त समिक्षा कार्यक्रम मा बर्ष २०७५/२०७६ को तथ्यांक प्रस्तुत गरियो। २५५ जना लाई उद्धार गरिएको जस्मा १० जना लाई भारत बाट उद्धार गरिएको छ।

    ५ वटा मुद्दा दर्ता भएको १२८ जना लाई प्रहरी अनुसंधान मा पठाइएको र ४१३८ जना लाई परामर्श दिएको जानकारी शान्ति पुनर्स्थापना गृहका क्षेत्रीय संयोजक भूमि राज भट्टराई ले दिए। कार्यक्रम अनुगमन का लागि समाज कल्याण परिषदका का . मु . निर्देशक शिव कुमार वस्नेत र कार्यक्रम विज्ञ राम कृष्ण काफ्ले ले शान्ति पुन स्थापना गृह को काम सराहनीय रहेको र सबै संग समन्वय पनि राम्रो रहेको समग्रमा काम कार्यवाही सन्तोष जनक रहेको ठहर गर्यो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं