SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/६ गते
    १२३१ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । पर्वतको कुस्माबजारमा सञ्चालनह हुने छैठौं पर्वत महोत्सबका ९० प्रतिशत स्टल बुकिङ्ग भएका छन । पर्वत उद्योग बाणिज्य संघले माघ ९ देखि १९ गते सम्म आयोजना गर्ने छैठौ पर्वत महोत्सव तथा गण्डकी प्रदेशस्तरीय औधोगिक ब्यापार मेला आउन तीन दिन बाँकी रहँदा ९० प्रतिशत पुरा भएको हो ।

    महोत्सबका आर्थिक संयोजक तथा बरिष्ठ उपाध्यक्ष गोपी अधिकारीले ९० प्रतिशत स्टल बुकिङ्ग सकिएको जानकारी दिनुभयो । महोत्सबमा स्टल निर्माणको काम भैरहेको छ । महोत्सबमा २ सय स्टल रहनेछन । महोत्सबमा महिला उद्यमी र कृषकलाई ३० वटा स्टल निशुल्क उपलब्ध गराइने भएको छ ।

    गण्डकी प्रदेश भित्रका महिला उद्यमी र कृषकहरुको उत्पादनलाई प्रर्बद्धन गर्नका लागि निशुल्क स्टल उपलब्ध गराइएको महोत्सब मुल आयोजक समितिका संयोजक तथा अध्यक्ष केदारनाथ शर्माले बताउनुभयो । महिला उद्यमी र कृषकलाई १५, १५ वटाका दरमा स्टल उपलब्ध छन ।

    यसपटक पर्वत उद्योग बाणिज्य संघका सदस्यहरुले स्टल राख्दा समेत २५ प्रतिशत छुट दिइएको छ । महोत्सबमा रहने होटल बाहेकका ब्यबसायिक स्टलमा संघका सदस्यलाई २५ प्रतिशत छुट दिइएको महोत्सबका प्रचार संयोजक तथा उद्योग उपाध्यक्ष ठाकुर बि पौडेलले बताउनुभयो । महोत्सबमा रमाईलो मेला जडान गर्ने काम पनि भैरहेको छ । दुई दिनको झरीले तयारीलाई केही प्रभाब भने पारेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं