SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/५ गते
    ७६७ &#२३४६;&#२३३५;&#२३२५;

    निर्मल पौडेल पर्वत । 
    नेपाल अपाङ्ग उत्थान समाज पर्वतको अध्यक्षमा युवा समाजसेवी जगन्नाथ शर्मा पौडेल निर्विरोध निर्वाचित भएका छन् । शनिवार कुस्मामा सम्पन्न संस्थाको ५ औँ अधिवेशन तथा १४ औँ साधारण सभा वाट पौडेल निर्विरोध निर्वाचित भएका हुन् । २ वर्षे कार्यकालका लागि ११ सदस्यित निवार्चित समितीको उपाध्यक्षमा उपाध्यक्षमा ताराप्रसाद तिवारी, सचिवमा डम्बरबहादुर क्षेत्री, कोषाध्यक्षमा लक्ष्मी शर्मा र सह सचिवमा संजीवन अधिकारी चयन भएका छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    यसैगरी सदस्यमा क्रमश ः यज्ञ पौडेल, देवराज पुरी, सृजना जि सी, ज्ञानेन्द्र बास्तोला, गंगा शर्मा र बेलकुमारी शर्मा चयन भएका छन् । निर्वाचित भएपछी पौडेलले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारलाई सुनिश्चित गर्ने जिम्मेवारी दिनु भएकोमा सम्पूर्ण अपाङ्ग उत्थान समाजका अग्रज व्यक्तित्वज्यूहरु, कार्यक्रममा उपस्थित हुनुहुने राष्ट्रिय अपाङ्ग महासंघका सम्पुर्णलाई धन्यवाद दिँदै आफ्नो कार्यकालमा अपाङ्गता भएका व्याक्तिहरुको हकहितका लागि ज्यूज्यान दिएर लाग्ने विश्वास व्यक्त गरे ।

    पौडेलले आँफुले पाएको जिम्मेवारीलाई गहनताका साथ पुरा गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्। कार्यक्रममा केन्द्रीय सदस्य सुरेन्द्र खत्री, गैसस महासंघ गण्डकी प्रदेशका सचिव राजेन्द्र पौडेल, गैसस महासंघ पर्वतका अध्यक्ष शिवप्रसाद शर्मा रेग्मी, एचआरसी काठमाण्डौका सदस्य गणेश सुवेदी पूर्व अध्यक्षहरु, निर्वतमान अध्यक्ष, कार्यसमितिका पदाधिकारीहरु, साधारण सदस्यहरु लगायतको उपस्थिती रहेको थियो । संस्थाका निवर्तमान अध्यक्ष किशोर मनस्वीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत निवर्तमान उपाध्यक्ष हरीदत्त शर्मा र कार्यक्रमको सञ्चालन सचिव जमुना आचार्यले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं