
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटनबेलुकी साँढे पाँच बजेको समय माघे झरी झम झम परिरहेको छ । राजधानीको मुटु पुरानो बसपार्कमा सार्वजनिक यातायात चढ्न जाने यात्रुको लर्को देखिन्थ्यो ।सपनाको शहर काठमाडौँमा पाँच बजेदेखि नै सवारी पाउन मुस्किल हुने अधिकांश यात्रुको गुनासो छ । सार्वजनिक यातायातमा एकाधिकार (सिण्डीकेट) हट्यो भनिए पनि व्यवहारमा यस्तो देखिँदैन । शुक्रबार बेलुकी दुई घण्टा सवारी कुर्दा नपाएपछि भक्तपुर दुवाकोटका रामप्रसाद न्यौपाने घर जान पाउनुभएन ।
निजी व्यापारिक प्रतिष्ठानमा बेलुकी पाँच बजेसम्म काम गरेर पुरानो बसपार्क पुग्नुभएका न्यौपानेजस्ता हजारौँ राजधानीवासी बेलुकी समस्यामा पर्ने गरेका छन् । एकाधिकार हट्यो भनिएपनि झन सवारी पाउन मुश्किल भएको गुनासो उनीहरुको रहेको छ । पानी परेका दिन, बिदाका दिन, राजधानीमा विशिष्ट व्यक्तिको सवारी परेका दिन प्रायः बेलुकी राजधानीमा सवारी पाउन समस्या पर्छ । पहिले बेलुकी निश्चित मार्गका सवारी निश्चित समयसम्म पाइन्थ्यो ।
यातायात समिति क्रियाशील रहुञ्जेल बेलुकी साँढे सात बजेसम्म पाइने साँखुमा चल्ने सवारी आजभोलि नियमित छैन । कहिले त पाँच बजेपछि साँखु जाने सवारी नपाइने गरेको यात्रु शुक्रमाया श्रेष्ठले बताउनुभयो । साँखुमा पुरानो साँखु बस व्यवसायी सङ्घको एकाधिकार तोडिएपछि हाल बाबा गोकर्णेश्वर नामका यातायात सञ्चालनमा रहेका छन् । यसैगरी राजधानीका आलापोट, गागलफेदी, मूलपानी, सुन्दरीजल, ललितपुर र भक्तपुरका काठ क्षेत्रमा जाने सवारी पनि पाउन मुस्किल हुने गरेको छ ।दक्षिणकाली, बनेपा, धुलिखेल, पनौतीलगायत स्थान जाने सवारी बेलुका आठ बजेसम्म नै नियमित गुडिरहेका हुन्छन् । सरकारले विसं २०६८ मा रात्रि बस सेवा शुरु गरेको थियो । तर त्यो पनि नियमित हुन सकेन । स्थानीय तहमा आफ्नो क्षेत्रमा सार्वजनिक यातायातको व्यवस्थापन गर्न सक्ने अधिकार रहेको छ । तर हालसम्म धेरैले केही गरेका छैनन् ।
नेपाल भ्रमण वर्ष शुरु भएको छ । राजधानीकै पर्यटकीय गन्तव्यमा जाने सार्वजनिक यातायात थोत्रा छन् । पानी परेका बेला बसभित्रै पानी छिरेर बस्न नसकिने अवस्थाका सवारी पनि निर्वाध सडकमा गुडिरहेका छन् । कति सवारीमा फुटेका सिसासमेत देख्न सकिन्छ । यसतर्फ अनुगमन भएको देखिदैन ।रत्नपार्कबाट सुन्दरीजल मार्गमा चल्ने बा ३ ख १३१७ र बा ३ ख १७७ नं सिटी यातायातको सवारीमा पाँच महिनाभन्दा लामो समयदेखि झ्यालको सिसा नरहेको यात्रु रामचन्द्र खतिवडाको गुनासो छ । पुस र माघको चिसोमा सिसा नभएको सवारीमा यात्रा गर्नुपर्दा ठण्डीले बिरामी भएर तीन दिनसम्म घरमा आराम गर्नुपरेको उहाँले सुनाउनुभयो ।काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा केही ठूला बस किनेपनि पर्याप्त छैन । यसैगरी दक्षिणकाली र चन्द्रागिरि नगरपालिकाले सार्वजनिक यातायातमा केही लगानी गरेका छन् । नगरपालिकाले ध्यान दिएका स्थानमा सहज रुपमा सवारी पाउने गरेको यात्रुले जनाएका छन् ।
यातायात व्यवस्था विभागले पहिले सवारी नपाउँदा, बढी भाडा लिँदा, अथवा सार्वजनिक यातायातसम्बन्धी समस्या भएमा सूचना दिन भनी टेलिफोन नं. सार्वजनिक गर्ने गरेको थियो । हाल बन्द गरिँदा गुनासो राख्ने ठाउँ नभेटिएको यात्रु शशीकला राईले बताउनुभयो ।“हाल ट्राफिक प्रहरीको १०३, नेपाल प्रहरीको १०० नं. मा फोन गरेर सार्वजनिक यातायातका समस्या राखेपनि कुनै कारवाही हुँदैन, गल्ती गर्ने सवारी एउटालाई कारवाही अरु समस्या क्रमशः कम हुँदै जान्छ, तर किन हाल प्रहरीले कारवाही गर्न छोडेको छ”, उहाँले भन्नुभयो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रवक्ता जीवनकुमार श्रेष्ठ सार्वजनकि यातायातसम्बन्धी गुनासा आउने वित्तिकै समाधान गर्ने गरेको बताउनुहुन्छ । महाशाखामा बढी भाडा लिएको, गन्तव्यमा नपु¥याएको, सामान छुटेको लगायतका गुनासा धेरै आउने गरेको छ ।
हेलो सरकारमा पनि सार्वजनिक यातायातका गुनासो आउने गरेको टिपोट कर्ता रामहरि न्यौपाने बताउनुहुन्छ । बेलुकी उपत्यकाका काठ क्षेत्रमा जाने सवारी पाउन मुस्किल हुने गरेको गुनासो धेरै आउने गरेको उहाँले बताउनुभयो । विभागका सूचना अधिकारी तीर्थराज खनालसँग यस विषयमा प्रतिक्रियाका लागि पटकपटक सम्पर्क गर्दा पनि उहाँ सम्पर्कमा आउन चाहनुभएन ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया