
१राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
२अमर ज्योति पुर्व विद्यार्थी समाजमा कृष्णकुमार चयन
३ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
४हिमपातले अलपत्र यात्रुको उद्धार
५नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
६आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
७पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
८कहिले सुधार होला मौसम ?
९प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
१०सरकार गठनको बाटो खुला, के छन् अबका प्रक्रिया ?
११पोखरा ट्रेड मलमा नयाँ नेतृत्व, अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
१२गगन थापाले राजीनामा दिए, अब नेतृत्वबारे विधानमा के व्यवस्था छ ?
१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
६रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
७मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
८कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
९पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
१०होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
११गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
१२अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ बोल्ने छुट कसैलाई छैन : राजु पाण्डेकाठमाडौं, । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सभामुखको उम्मेदवार टुंगो लगाउन सकस परिरहेकै बेला नयाँ विकल्पको खोजी सुरु भएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल सभामुखका लागि नया विकल्पका बारेमा छलफल गर्दै सहमति नजीक पुगेको नेकपा सचिवालय स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार अध्यक्षद्वय ओली र दाहालबीच भएको छलफलमा नयाँ विकल्पको खोजी भएको हो । यसैविषयमा विहीबार देखि सघन छलफलमा रहेका अध्यक्षद्धय छिटै सहमतिमा पुग्ने बताइएको छ ।
अहिलेसम्म चर्चा भएका उम्मेदवारको नाममा सहमति नजुटेपछि नेकपा स्थायी कमिटी सदस्यद्वय जनार्दन शर्मा र टोपबहादुर रायमाझीमध्ये एकलाई सभामुख उम्मेदवार बनाउने विषयमा छलफल सुरु भएको छ । यद्यपि, शर्मा र रायमाझीको नाममा समेत अहिलेसम्म सहमति जुट्न सकेको छैन । नेकपा स्थायी कमिटीका एक सदस्यका अनुसार अहिलेसम्म चर्चा भएका नाममा सहमति नजुटेपछि नयाँ विकल्पको खोजीमा अध्यक्षद्वय ओली र दाहाल जुटेको बताए । नयाँ विकल्पको खोजीको क्रममा शर्मा र रायमाझीको नाममा छलफल भएको उनले बताए । ‘सभामुखको उम्मेदवार टुंगो लगाउने विषयमा विभिन्न नाममा छलफल भयो तर सहमति जुटन सकेन,’ नेकपा स्रोतले भन्यो, ‘सहमति नजुटेपछि नयाँ विकल्पको खोजी सुरु भएको छ, अध्यक्षद्वय अहिले छलफलमै हुनुहुन्छ ।’ नेकपाबाट सभामुख उम्मेदवार बन्नका लागि स्थायी कमिटीका सदस्यहरू सुवासचन्द्र नेम्वाङ, अग्नि सापकोटा, पम्पा भुसालले दाबी गरिरहेका छन् । यस्तै, उपसभामुख रहेकी डा. शिवमाया तुम्बाहाङ्फेले पनि आफू सभामुख बन्न लबिङ गरिरहेकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उपसभामुख तुम्बाहाङ्फे, ओलीले नेम्वाङ, दाहालले सापकोटा, नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले भुसाललाई सभामुख बनाउनुपर्ने भनेर छलफल अगाडि बढाएका थिए । पूर्वसभामुखसमेत रहेका नेकपा संसदीय दलका उपनेता नेम्वाङ र उपसभामुख डा. तुम्बाहाङ्फेको नाममा अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले आपत्ति जनाउँदै आएका छन् । नेम्वाङलाई यसअघि पार्टीले पटकपटक राजकीय जिम्मेवारी दिँदै आएको र डा. तुम्बाहाङ्फेले पार्टी निर्णय नमानेकाले दाहाल र नेपालले आपत्ति जनाएका हुन् । नेकपा सचिवालयले उपसभामुखबाट राजीनामा दिन निर्देशन दिए पनि तुम्बाहाङ्फेले मानेकी छैनन् ।
सापकोटाको नाममा ओली सहमत भएका छैनन् । भुसालले एमसीसी सम्झौता र गुठी विधेयकको विरोध गरेकाले उनलाई सभामुख उम्मेदवार बनाउन नसकिएको नेकपा स्रोतको दाबी छ । विगतमा सरकारले अगाडि सारेको गुठी विधेयकका साथै एमसीसी सम्झौताको विरुद्धमा अभिव्यक्ति दिँदै अग्रपंक्तिमा उभिएपछि भुसालको नाममा सहमति जुटन नसकेको बताइएको छ ।
नेकपा सचिवालय बैठकबाट भएको निर्णयानुसार उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिन मानेकी छैनन् । उनी नमानेपछि संसद् बैठक पटकपटक सूचना जारी गर्दै स्थगित हुँदै आएको छ । गत ४ पुसदेखि सुरु भएको संसद्को हिउँदे अधिवेशनको बैठक त्यसयता बस्न सकेको छैन । ११, १६ र २७ पुसमा बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । ६ माघमा संसद् बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया