SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/४ गते
    १४५२८ &#२३४६;&#२३३५;&#२३२५;

    धादिङ – साहुको दबाब र चक्रवृत्ति ब्याज तिर्न नसकेपछि चन्द्रागिरि नगरपालिका–४, थानकोटका ३७ वर्षीय विनय लामिछाने बच्चासहित त्रिशूली नदीमा हा म फाल्न पुगेको तथ्य खुलेको छ । विनय र २७ वर्षीया श्रीमती जमुना रेग्मीले दुई वर्षीय र ६ महिनाका छोरा लिएर बेनिघाटरोराङ गाउँपालिकामा पर्ने बाँदरे नजीकै त्रिशूली नदीमा बिहीबार साँझ हा म्फालेको प्रहरीले जनाएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    हा म्फालेको देखेपछि स्थानीयवासीले विनयलाई जिवितै उद्धार गरेका थिए ।उनकी श्रीमतीको भने निधन भैसकेको थियो । छोराहरु भने अझैसम्म फेला परेका छैनन् । नदी धमिलो भएको र पानी परिरहेकाले खोजीमा समस्या आइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

    घाइते अवस्थामा रहेका विनयको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ । चन्द्रागिरि नगरपालिका—४, थानकोटमा बसोबास गर्दै आएको परिवार चर्को ब्याज तिर्न नसकेपछि देहत्यागको निर्णयमा पुगेको जमुनाले आफ्नो अङ्ग्रेजी नाम उल्टो बनाएर फेसबुकमा लेखेको स्टाटसमा उल्लेख छ ।जमुनाका दाजु धादिङको गल्छी गाउँपालिका–३ का वडाध्यक्ष कपिल रेग्मीको परिवारलाई सानो छोराको पास्नी ९भातखुवाइ० मा आउँदै गरेको खबर गरेर यो परिवार सिधै बेनिघाट पुगेको थियो ।

    विनयको घरमा ऋणका कारणआफूहरुले देहत्यागलाई नै अन्तिम विकल्पका रुपमा रोजेको ‘नोट’ भेटिएको प्रहरीले जनाएको छ । राजधानी दैनिकमा खबर छ ।विनयले शेयर लगानी गर्न विभिन्न व्यक्तिबाट मिटर ब्याजमा करीब रु एक करोड ५० लाख ऋण लिएको ‘नोट’बाट पत्ता लागेको जिल्ला प्रहरीले जनाएको छ ।विनयलाई देहत्याग मुद्दा चलाउने तयारी भइरहेको प्रहरी उपरीक्षक रेग्मीले बताए ।

    पत्नीलाई समातेर ब’गिरहेका थिए विनय : उद्धारकर्मी राजेन्द्र श्रेष्ठम आफू काम गर्ने रिसोर्टमा

    त्रिशूलीको साइडतर्फ बसिरहेको थिएँ। एक्कासि झोलुंगे पुलमा केही मान्छे ‘मान्छे ब’गायो, मान्छे ब’गायो’ भनेर चि’च्याइरहेको सुनें। म कायक चालक भएकाले हत्तपत्त कायक लिएर नदीमा पसिहालें। केही तल मान्छे ब’गाएको देखेपछि कायकलाई त्यतै लगें।केटा मान्छे होसमै थियो। केटी मान्छेको खुट्टा समाउँदै सँगै बग्दै रहेछन्। मैले मेरो कायकमा समाउन लगाएँ।

    केटी मान्छेलाई आफैं समातेर पाखामा ल्याएँ। उनीहरूलाई बाहिर ल्याउँदा केटी मान्छे बे’होस थिइन्। सायद उनको निधन भइसकेको थियो। उनीहरूलाई पाखा ल्याएपछि मात्रै दुई बच्चा पनि थियो भन्ने थाहा पाएँ। मैले नदीमा भने देखिनँ। पुलमा बस्नेहरूले बच्चा पनि ब’गेको देखेका रहेछन्। अलिक तलसम्म त पुगेर खोजी गर्‍यौं तर बच्चा फेला पार्न सकिएन।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं