
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं, । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सभामुखको उम्मेदवार टुंगो लगाउन सकस परिरहेकै बेला नयाँ विकल्पको खोजी सुरु भएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल सभामुखका लागि नया विकल्पका बारेमा छलफल गर्दै सहमति नजीक पुगेको नेकपा सचिवालय स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार अध्यक्षद्वय ओली र दाहालबीच भएको छलफलमा नयाँ विकल्पको खोजी भएको हो । यसैविषयमा विहीबार देखि सघन छलफलमा रहेका अध्यक्षद्धय छिटै सहमतिमा पुग्ने बताइएको छ ।
अहिलेसम्म चर्चा भएका उम्मेदवारको नाममा सहमति नजुटेपछि नेकपा स्थायी कमिटी सदस्यद्वय जनार्दन शर्मा र टोपबहादुर रायमाझीमध्ये एकलाई सभामुख उम्मेदवार बनाउने विषयमा छलफल सुरु भएको छ । यद्यपि, शर्मा र रायमाझीको नाममा समेत अहिलेसम्म सहमति जुट्न सकेको छैन ।
नेकपा स्थायी कमिटीका एक सदस्यका अनुसार अहिलेसम्म चर्चा भएका नाममा सहमति नजुटेपछि नयाँ विकल्पको खोजीमा अध्यक्षद्वय ओली र दाहाल जुटेको बताए । नयाँ विकल्पको खोजीको क्रममा शर्मा र रायमाझीको नाममा छलफल भएको उनले बताए । ‘सभामुखको उम्मेदवार टुंगो लगाउने विषयमा विभिन्न नाममा छलफल भयो तर सहमति जुटन सकेन,’ नेकपा स्रोतले भन्यो, ‘सहमति नजुटेपछि नयाँ विकल्पको खोजी सुरु भएको छ, अध्यक्षद्वय अहिले छलफलमै हुनुहुन्छ ।’ नेकपाबाट सभामुख उम्मेदवार बन्नका लागि स्थायी कमिटीका सदस्यहरू सुवासचन्द्र नेम्वाङ, अग्नि सापकोटा, पम्पा भुसालले दाबी गरिरहेका छन् । यस्तै, उपसभामुख रहेकी डा. शिवमाया तुम्बाहाङ्फेले पनि आफू सभामुख बन्न लबिङ गरिरहेकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उपसभामुख तुम्बाहाङ्फे, ओलीले नेम्वाङ, दाहालले सापकोटा, नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले भुसाललाई सभामुख बनाउनुपर्ने भनेर छलफल अगाडि बढाएका थिए । पूर्वसभामुखसमेत रहेका नेकपा संसदीय दलका उपनेता नेम्वाङ र उपसभामुख डा. तुम्बाहाङ्फेको नाममा अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले आपत्ति जनाउँदै आएका छन् । नेम्वाङलाई यसअघि पार्टीले पटकपटक राजकीय जिम्मेवारी दिँदै आएको र डा. तुम्बाहाङ्फेले पार्टी निर्णय नमानेकाले दाहाल र नेपालले आपत्ति जनाएका हुन् । नेकपा सचिवालयले उपसभामुखबाट राजीनामा दिन निर्देशन दिए पनि तुम्बाहाङ्फेले मानेकी छैनन् ।
सापकोटाको नाममा ओली सहमत भएका छैनन् । भुसालले एमसीसी सम्झौता र गुठी विधेयकको विरोध गरेकाले उनलाई सभामुख उम्मेदवार बनाउन नसकिएको नेकपा स्रोतको दाबी छ । विगतमा सरकारले अगाडि सारेको गुठी विधेयकका साथै एमसीसी सम्झौताको विरुद्धमा अभिव्यक्ति दिँदै अग्रपंक्तिमा उभिएपछि भुसालको नाममा सहमति जुटन नसकेको बताइएको छ ।
नेकपा सचिवालय बैठकबाट भएको निर्णयानुसार उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिन मानेकी छैनन् । उनी नमानेपछि संसद् बैठक पटकपटक सूचना जारी गर्दै स्थगित हुँदै आएको छ । गत ४ पुसदेखि सुरु भएको संसद्को हिउँदे अधिवेशनको बैठक त्यसयता बस्न सकेको छैन । ११, १६ र २७ पुसमा बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । ६ माघमा संसद् बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया