
१स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
२ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
३पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
४विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
५महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
६जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
७जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
८भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न
९मोदी गाउँपालिकाको ७५ करोड १८ लाखको बजेट,कृषि, युवा रोजगार र सुशासनमा जोड
१०रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
११सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
१२जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
८कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
९अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
१२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
इरानी सेनाले गत बुधबार युक्रेनी विमानलाई ‘भूलबस’ छोटो दुरिको हतियार प्रयोग गरेर खसालेको शनिबार स्विकार गरेको छ । उक्त विमानमा १ सय ७६ व्यक्ति सवार थिए । इरानको तर्फबाट आएको यो बयानमा यसलाई ‘मानवीय त्रुटी’ बताइएको छ । बोइंग ७३७ फ्लाइट युक्रेनियन इन्टरनेशनल एयरलाइन्सको थियो । बुधबार उडान भरेको केही समयपछि नै यसलाई तेहरानको बाहिरी इलाकामा खसालिएको थियो । इरानले इराकको अमेरिकी बेसक्याम्पमा मिसाइलमार्फत् हमला गरेको थियो र त्यसको केही घण्टापछि विमानलाई खसालिएको थियो ।
विमानलाई हतियार प्रयोग गरेर खसालिएको भन्ने विभिन्न देशको दाबीलाई इरानले यसअघि अस्विकार गर्दै आएको थियो । अमेरिका र क्यानडाले आफ्नो गोप्य सूचनाको आधारमा इरानले उक्त विमानलाई खसालेको किटान गरेको थियो । उक्त विमान युक्रेनको राजधानी कियभ जाँदै थियो । यसमा १ सय ६७ यात्रु थिए भने चालक दलका ९ सदस्य थिए । उक्त विमानमा इरानका ८२, क्यानडाका १३ र युक्रेनका ११ नागरिक सवार थिए । इरानका राष्ट्रपति हसन रुहानीले ट्वीट गर्दै भनेका छन्, ‘मानवीय त्रुटीका कारण युक्रेनको यात्री विमानमाथि मिसाइल दागियो र १ सय ७६ निर्दोषको ज्यान गयो । कहाँ गल्ती भयो भनेर अहिले अनुसन्धान भइरहेको छ । यो भयावह त्रासदीका लागि जो दोषी छन्, उनीहरुलाई छोडिने छैन । यो विनाशकारी गल्तीका कारण इस्लामिक रिपब्लिक अफ इरानप्रति घोर खेद प्रकट गर्छौं ।
पीडित परिवारप्रति मेरो समवेदना छ ।’ इरानको सेनाले कसरी गर्यो यस्तो गल्ती ? इरानका अनुसार विमानले अप्रत्यासित रुपमा संवेदनशील सैन्य शिविरतर्फ युटर्न लिएको थियो । यसअघि इरानले विमान दुर्घटनाका लागि प्राविधिक गडबडीलाई जिम्मेवार बताएको थियो । इरानको सेनाले आफ्नो बयानमा भनेको छ, ‘विमान रिभोल्युशनरी गार्डस् कोरको बेस नजिकै आएको थियो । यस्तो स्थितीमा मानवीय भूल भयो र विमान खसालियो ।’ रिभोल्युशनरी गार्डले आफ्नो बयानमा भनेको छ, ‘घटनामा जो सुकैको गल्ती भएपनि कानूनी कारवाही हुनेछ । सेनाले अहिले सैनिक दलको अभियानमा व्यापक सुधार गर्नेछ ता कि भविष्यमा यस्तो गल्ती पुनः नदोहोरियोस् ।’
इरानको सेनाले आफ्नो बयानमा भनेको छ, ‘इराकमा अमेरिकी सैनिक इलाकामा मिसाइल हमलापछि अमेरिकी सेनाको विमान इरानको सीमाको चारैतिर उड्न थालेको थियो । यस्तोमा इरानको सेनाले एरियलमा सैन्य बेसतर्फ एउटा विमान आइरहेको देख्यो । इरानको थुप्रै डिफेन्स सिस्टममा रडारको गतिविधी बढेका थिए । यस्तो स्थितीमा युक्रेनियन इन्टरनेशनल एयरलाइन्स फ्लाइट ७५२ ले तेहरानको इमाम खुमैनी विमानस्थलबाट उडान भर्यो । यति नै बेला गल्तीपूर्वक विमानलाई खसालियो । यो भूलका कारण थुप्रै इरानीसमेत विदेशी नागरिकको ज्यान गयो ।’ इरानमाथि विमान खसालेको जिम्मेवारी लिनका लागि अन्तर्राष्ट्रिय रुपमा दबाब बढ्न थालेको थियो । अमेरिका र उसका सहयोगी देशले गोप्य सूचनाको आधारमा विमान इरानी मिसाइल हमलाको शिकार भएको दाबी गर्न थालेको थियो । इरानले केही घण्टा अघि मात्रै इराकमा अमेरिकी सैन्य इलाकामा मिसाइलमार्फत् हमला गरेका कारण पनि शंका झनै बढ्यो ।
राष्ट्रपति र विदेशमन्त्रीले मागे माफी
समाचार एजेन्सी एएफपीका अनुसार इरानका राष्ट्रपति हसन रुहानीले युक्रेनको विमान खसाल्नुलाई निकै ठूलो त्रासदी भएको बताउँदै जसले गल्ती गरेको छ, उसलाई माफ नगरिने जानकारी दिएका छन् । इरानका विदेशमन्त्री नवाद जरिफले ट्वीटमा खेद प्रकट गरेका छन् । आफ्नो ट्वीटमा उनले भनेका छन्, ‘निकै नै दुःखद । सेनाको सुरुवाती अनुसन्धानमा पत्ता लागे अनुसार यो मानवीय गल्ती थियो जुन अमेरिकाको दुःसाहसका कारण निम्तिएको संकटका बेला घटित भयो । हामी यसका लागि माफी माग्छौं । पीडित पक्षसँग हाम्रो समवेदना छ ।’इरानको तेहरानमा विमान आवतजावतमा रोक किन लगाइएन ?
बुधबार जब इरानले इराकस्थित अमेरिकी सैन्य शिविरमा हमला सुरु गर्यो तब अन्तर्राष्ट्रिय विमानको रुटमा परिवर्तन भएको थियो । अमेरिकाले आफ्नो विमानलाई इरानको हवाई क्षेत्र प्रयोग नगर्न निर्देशन दिएको थियो । थुप्र्रै विशेषज्ञले इरानले तेहरानमा विमान आवतजावतमा रोक किन नलगाएको भन्दै प्रश्न उठाएका छन् । सीएनएनलाई दिएको अन्तर्वार्तामा अमेरिकाका एक अवकाशप्राप्त मेजर जनरल जेम्स मार्क्सले इरानलाई इराकमा अमेरिकी सैन्य इलाकामा मिसाइल हमलापछि आफ्नो हवाई क्षेत्रमा यात्रुवाहक विमानको आवतजावतमा किन रोक लगाइएन भनेर प्रश्न गरेका छन् । मार्क्सले भने, ‘जब तपाईंलाई थाहा थियो कि तनाव चरम स्थितीमा थियो । इरानले इराकमा मिसाइल दागेपछि एयरस्पेस निकै व्यस्त थियो, सबै सतर्क थिए भने यस्तोमा तेहरान विमानस्थलबाट विमान जान दिनु नै निकै नै गैर जिम्मेवारीयुक्त व्यवहार थियो ।’


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया