SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/३ गते
    १४५८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ / प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सार्वजनिक कार्यक्रममा उपप्रमुखलाई ‘अपमान’ गरेका छन्। प्रदेशको जिल्ला समन्वय परिषद्को बैठकमा महोत्तरीको मनराशिषवा नगरपालिकामा उपमेयर रमिता प्रधानलाई मुख्यमन्त्रीले अपमान गरेका हुन्। बर्दिबासमा आयोजना गरेको बैठकमा स्थानीय तहका प्रमुख र उपप्रमुखले आ(आफ्ना समस्या राखिरहेका थिए। मुख्यमन्त्रीले उनीहरुको समस्या सुनिरहेका थिए।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    पमेयर प्रधानले आफ्नो नगरपालिकाको समस्या राख्न पालो कुर्दै थिइन्। मेयरले बोलिरहेका थिए। धेरै समय कुर्दा पनि उनले बोल्न माइक पाइनन्। त्यसपछि उनले हलबाट भनिन्,‘यता माइक दिनुस्।’ मुख्यमन्त्रीले मञ्चबाट भने, ‘पर्खिनुस्।’ उपप्रमुख प्रधानले माइक मागिरहिन्। त्यसै क्रममा मुख्यमन्त्रीले भने, ‘ए..ए.. चुप !’ त्यसपछि उनी कुर्सीमा बसिन्। उनले माइक पाइनन्।

    केही समयपछि प्रधानको हातमा माइक पुग्यो। ‘तपाईं मलाई सम्मान गर्नुस् वा नगर्नुस्, म तपाईंलार्ई सम्मान गर्छु। हजुर हाम्रो मुख्यमन्त्रीज्यू हुनुहुन्छ,’ उपप्रमुख प्रधानले मुख्यमन्त्रीलाई भनिन्, ‘पुरुषलाई हामी ९ महिना कोखमा राखेर जन्मदिन्छौं। हुर्काउँछौं। तपाईहरुको जन्म र संरक्षण हामी महिलाले गर्छौँ तर तपाईंहरु हामीलाई सधैं अपमान गर्नुहुन्छ रु’ उनले उनले आक्र्रोश पोखिन्।

    प्रदेश २ मा बढेको भ्रष्टाचारप्रति मुख्यमन्त्रीलाई झटारो हान्दै उनले थपिन्,‘कानुन थाहा छैन भनेर हामी सबैले लुटिराखेका छौं। हामी सबै लुटेरा हौँ।’ प्रधानले पाँच मिनेट बोल्दा बढी समय मुख्यमन्त्रीले आफूमाथि गरेको अपमानविरुद्ध नै उनले आक्र्रोश व्यक्त गरिन्। उनको आक्रोश सुनेपछि मुख्यमन्त्री संम्यम भएर प्रस्तुत भए। ‘धन्यवाद उपमेयरज्यू १’, मुख्यमन्त्री राउतले भने, ‘ईश्वरले तपाईंलाई तागत दिउन्, मेयरसँग लडेर अधिकार लिनुस्।’

    प्रदेश २ का मुख्यमन्त्री राउत अधिकांश सार्वजनिक कार्यक्रममा आक्रोशित हुने गरेका छन्। त्यही आक्रोशको रुप आइतबार महोत्तरीको बर्दिबासमा आयोजित समन्वय परिषद्को बैठकमा देखिएको हो। अन्नपूर्ण पाेष्ट मा खबर रहेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं