
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
गिता राना मगर, पोखरा । लम्जुङको पुरनकोट होम स्टेमा पोखरा महोत्सव कै कारण आन्तरिक तथा बाह्य पर्यटकहरु भित्रिन थालेका छन । नवौ संस्करणको पोखरा महोत्सवमा आयोजक युनाईटेड क्लवले ग्रामीण पर्यटन प्रवद्र्धनका लागी होम स्टेलाई निशुल्क स्टलको ब्यवस्था गरेपछि पुरनकोट होम स्टेमा यो वर्ष पर्यटकको संख्यामा वृिद्ध आएको पुरनकोट होम स्टेका अध्यक्ष कन्या काशी गुरुङले बताइन ।
२०६८ सालदेिख स्थापना भएको पुरनकोट होम स्टेको स्थापना भएको र २०७१ सालसम्म आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको रुपमा रहेतापनि पछिल्लो समय खस्किदै गएपछि नवौ संस्करणको महोत्सवमा पुरनकोट होमस्टेले स्लट पाएर प्रवद्र्धन गरेपछि यो वर्ष पुरनकोटमा ४ सय भन्दा वढी ग्रुपले होमस्टेमा बसोवास गरेको अध्यक्ष गुरुङले बताइन । पोखरा महोत्सवले सामाजिक कामसंगै पर्यटन प्रवद्र्धनका लागि दुर दराजमा रहेको गाँउको होम स्टेको प्रवद्र्धनमा लागेको र त्यसकै कारण लम्जुङको पुरनकोटको प्रवद्र्धन हुनु आफैमा गर्वको कुरा रहेको गुरुङको भनाइ रहेको थियो ।
लम्जुङको बेसीशहर नगरपालिका ४ डाँडागाँउमा रहेको पुरनकोट होमस्टेमा गुरुङ संस्कृति झल्कने घाटु, चुड्का, सोरठी संगै लम्जुङे ठाडो भाकासंगै स्थानिय उत्पादन लोकल कुखुरा, खसी बोका संगै कोदोको ढिडो गुन्दु्रकको अचारको स्वाद लिन सकिने गुरुङले बताइन । पोखरा महोत्सवमा स्टल राखेकै भरमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरु पुरनकोट भित्रिन थालेको र पर्यटकहरु स्थानिय सांस्कृतिक प्रस्तुती संगै सिन्दुरे ढुंगा, पुरानो कोट , तारे भिरमा सञ्चालन हुने रक क्लाइम्बिङ मार्फत मनोरन्जन लिने गरेको होमस्टेका अध्यक्ष गुरुङले बताइन । दशौ संस्करणमा पनि पुरनकोट होम स्टेको स्टल पोखरा महोत्सवमा राख्न पाउदा पुरनकोटबासी खुशीसंगै उत्साहित छन । अघिल्लो पटक पोखरा महोत्सवमा स्टल राखेकै कारण ४ सय वटा ग्रुप होम स्टेमा बस्न पुगेका थिए ।
झरीका बीच सञ्चालित पोखरा महोत्सवको तेश्रो दिन झरीको प्रवाह नगरी दर्शकहरुले साथ दिएका छन । महोत्सवमा झरीका बीच छिरेका दर्शकले मनोरन्जन भन्दापनि जाडो मौसममा चाहिने सामाग्री किनमेल गर्नेको भीड बढ्यो । महोत्सवको तेश्रौ दिन चर्चित लोकदोहोरी गायक कुलेन्द्र बिकको सालको पात भन्ने गीतमा दर्शकले भरपुर मनोरन्जन लिए । कुलेन्द्र संगै सरला पाण्डे, शंकर विरही गुरुङ, टेक क्षेत्री, रमा राना मगर, कमला गैरे लगायतको प्रस्तुती रहेको थियोभने सांझको पप कन्सर्ट तर्फ एम सी फ्लो र स्थानिय स्पर्श ब्याण्डको प्रस्तुती रहेको थियो ।
महोत्सवमा शुक्रबार लोक दोहोरी तर्फ प्रीति आले, प्रजापति पराजुली ,मञ्जु बिक, शिवहरी ढुंगाना, रामजी पौडेल, टेक क्षेत्री, सजना गुरुङ, पार्वती गुरुङ, इश्वर खड्का लगायतको प्रस्तुती रहने महोत्सव सांस्कृतीक उपसमिती संयोजक राजु श्रेष्ठले जानकारी दिए । सांझको पप कन्सर्टमा युवाहरुको ढुकढुकी आशिस राना लाहुरे संगै स्थानिय ब्ल्याक रोज व्याण्डको प्रस्तुती रहनेछभने सांस्कृतीक कार्यक्रम तर्फ नेवारी संस्कृती झल्कने तेर्सापट्टी तायामचा समितीको लाखेनाचको प्रस्तुती रहनेछ ।
महोत्सव जारी रहदा शुक्रबार देखि विद्यार्थी , अभिभावक र शिक्षकहरुलाई समेटेर निर्माण गरिएको कखरा डकुमेन्ट्री समेत प्रदर्शन गरिने महोत्सव प्रचार प्रसार संयोजक शान्त बहादुर थापाले जानकारी दिए । कखरा डकुमेन्ट्र पहिलो चरणमा १ बजे र दोश्रो चरणमा ३ बजे निशुल्क प्रदर्शनको ब्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया