
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
गिता राना मगर, पोखरा ।
युनाईटेड क्लव, पोखरा महोत्सव र गण्डकी प्रदेश सरकारको उद्देश्य चिडियाखाना निर्माण गर्ने रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले वताएका छन । युनाईटेड क्लव पोखराको आयोजनामा मंगलवारदेखी पोखराको अमरसिंह चौरमा सञ्चालित १० औ संस्करणको पोखरा महोत्सवको उद्घाटन गर्दै मुख्य मन्त्री गुरुङले युनाईटेड क्लव, पोखरा महोत्सव र गण्डकी प्रदेश सरकारले पोखरामा जुलोजिकल पार्क चिडियाखाना निर्माण गर्ने साझा उद्देश्य बाकेर हिडेको र उद्देश्य एउटै रहेको वताएका हुन ।
पोखरा रामबजार निवासी सताब्दी पुरुष १ सय १ वर्षिय क्याप्टेन कुल बहादुर गुरुङ र ९९ वर्षिय श्री माया गुरुङलाई सम्मान गरि महोत्सवको उद्घाटन गर्दै मुख्य मन्त्री गुरुङले पोखरा महानगरपालिका ३०, ३१ र ३२ नम्बर वडा स्थित बेगनासताल र रुपातालको बीच भागमा रहेको सामुदायिक वनमा पोखरा जुलोजिकल पार्क निर्माण गर्ने सपना देखेको युनाईटेड क्लव त्यसमा पनि पोखरा महोत्सव संग गण्डकी प्रदेश सरकारको सपना जोडिएकोले त्यसलाई हौसला प्रदान गर्न आफु पोखरा महोत्सवको उद्घाटन समारोहमा सहभागी भएको वताउदै पोखरा जुलोजिकल पार्क निर्माण गर्ने युनाईटेड क्लवको सपना प्रदेश सरकारले साकार पार्ने वताए ।
पोखरा महोत्सवको आयोजना गरी रकम संकलन गरी हाल सम्म जुलोजिकल पार्क निर्माणको काम थालनी हुनु आफैमा श्रहानिय काम भएको र अव क्लवको सपना पुरा गर्न प्रदेश सरकार लागी पर्ने उनको भनाइ रहेको थियो । जुलोजिकल पार्क संगै गण्डकी प्रदेशमा ठूला पार्क, हजार जना अट्ने ठूला सेमिनार हल निर्माण गर्ने र वढी भन्दा वढी पर्यटक गण्डकी प्रदेशमा भित्रयाउने उदेश्यले बिकासका कामलाई तीव्रता दिने मुख्यमन्त्रीको भनाइ रहेको थियो ।
सो अवसरमा वोल्दै राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य सचिव राजेश गुरुङले पोखरा महोत्सव आयोजना गरी युनाईटेड क्लवले खेलकुद, शिक्षा, स्वास्थ्य संगै चिडियाखाना निर्माणमा काम गर्दै आएकोले युनाईटेड क्लवले गरेको सकारात्मक कामको सिको अन्य क्लव तथा संघ सस्थाहरुले सिको गर्न आग्रह गरे । उनले पछिल्लो समय आफुले रंगशाला निर्माणको जिम्मा लिएर रंगशालाको मुहार फेर्न सफल भएको वताउदै महोत्सवमा उपस्थितलाई रंगशालाको अवलोकन गरिदिन समेत आग्रह गरे ।त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष राम बहादुर कार्कीले युनाईटेड क्लव आफ्नो वडामा रहेर विशुद्ध सामाजिक काम मार्फत अग्रणी सामाजिक संस्थाको रुपमा चिनिदा वडा बासी समेत खुसी भएको वताउदै युनाईटेड क्लवको हरेक सामाजिक काममा वडाले सहकार्य गरेर अगाडि वढ्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।
अमरसिंह माविका अध्यक्ष तेजश्वी वरालले अमरसिंह चौरमा विगत दश वर्षदेखी पोखरा महोत्सवको आयोजना गरी युनाईटेड क्लवले आफ्नो लक्ष्य र उद्देश्यलाई कहि कतै विचलन हुन नदिइ आम जनसमुदायको मनमा बस्ने गरी सामाजिक काम गरेको र समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सफल भएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा पनि युनाईटेड क्लवको हरेक महोत्सव र सामाजिक काममा सहकार्य गर्ने वताए । युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव शान्त बहादुर थापाले गरेका थिएभने कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष राजु श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए ।
यसैविच महोत्सव पूर्व पोखराको रंगशाला गेट देखी महोत्सव स्थल अमरसिंह चौर सम्म झांकी तथा ¥यालीको आयोजना गरिएको थियो । १५ वटा झांकी र १ सय ६६ जटा र्याली सहभागी थिए । उक्त र्याली तथा झांकीमा झांकी तर्फ राम बजार पुन समाज पोखरा प्रथम, डढुवा दुर्छा लम्जुङ तमु समाज द्धितिय, ताङतिङ दुधपोखरी तमु समाज तृतिय र बांझापाटन तमु समाज र ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालयले शान्तवना स्थान हासिल गर्न सफल भएका थिए । त्यसैगरी ¥यालीतर्फ पाेंचोको तमु समाज प्रथम, जुरे भुमे तप्रे तमु समाज बांझापाटन १३ द्धितिय र मान्द्रेढुंगा आमा समुह पोखरा १४ तृतीय स्थान र लक्ष्मीटोल आमा समुह पोखरा १५ र भद्रकाली दिदीबहिनी समुह पोखरा १२ ले सान्तवना स्थान हासिल गरेका छन । झांकी तथा ¥यालीमा दुवै विद्या तर्फ प्रथम हुनेले नगद १५ हजार, द्धितियले १० हजार, तृतियले ५ हजार र शान्तवना स्थान हासिल गर्नेले महोत्सवमा सांस्कृतीक कार्यक्रम तर्फ मंगलवार लोकदोहोरी तर्फ सुरेन्द्र गुरुङ, टेक क्षेत्री, कृष्ण सुवेदी, रेशम निर्दोष, ज्योती लोहनी, दिलु लामा, बसन्ती थापा मगर लगायतको प्रस्तुती रहेको थियोभने पप कन्सर्ट तर्फ द फेयर मेसिन र ब्लाक रोजको प्रस्तुती रहेको थियो ।
महोत्सवमा बुधवार लोक दोहोरी तर्फ राजु गुरुङ, तारापति सुवेदी, श्रीराम अधिकारी, प्रदीप त्रिपाठी, सरस्वती लामिछाने, लक्ष्मी नेपाली लगायतको प्रस्तुती रहनेछभने पप कन्सर्ट तर्फ मंगोलियन हर्ट (राजु लामा), प्रोभर्स र हास्य ब्यंग्य तर्फ शिवहरी बैरागी र दमन रुपाखेतीको प्रस्तुती रहनेछभने डढुवा दुर्छा लम्जुङ तमु समाजको सांस्कृतिक प्रस्तुती रहने छ । महोत्सव अवधिभर बुद्धिचाल प्रतियोगिता, विद्यालय स्तरिय सामुहिक लोकनृत्य प्रतियोगिता र विद्यार्थी, अभिभावक र शिक्षकले सामुहिक रुपमा बसेर हेर्नुपर्ने सचेतनामुलक कखरा नामक वृत्तचित्र समेत प्रस्तुत हुनेछन ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया