
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
भैरहवा, । भैरहवामा केन्द्रिय कार्यालय रहेको उन्नती लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले सञ्चालक समीति अध्यक्ष अनिता ढुङ्गाना शाह अध्यक्षता, संघीय सांसद भरत शाहको प्रमुख आतिथ्यता र मानव संसाधन तथा सामान्य सेवा विभागिय प्रमुख लाल बहादुर रावलको सञ्चालनमा भैरहवाकै होटेल पौवामा पाँचौं बार्षिक साधारण सभा सम्पन्न गरेको हो । उक्त साधारण सभामा कम्पनी सचिव एवं संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठकले संस्थाको भावी योजनाहरुको बारेमा सभालाई जानकारी गराउँदै पाँच समान्य र १६ वटा विशेष प्रस्तावहरु राखेका थिए भने उक्त प्रस्तावको दशौं नम्बरमा हक हस्ताण्तरण सम्बन्धी एक प्रस्ताव थपिए पछि १७ वटा विशेष प्रस्तावहरु पारित भएका छन् ।
कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत पाठकले सभामा आव २०७५÷७६ को अध्यक्षको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको आव २०७५÷७६ को सम्पूर्ण वित्तीय विवरण माथि छलफल, २०७६ असार मसान्त सम्म कायम चुक्तापुँजीको दुई दशमलव सून्य तीन प्रतिशत कर प्रयोजनार्थको नगद लाभांसको लागि स्वीकृति, लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने र स्वतन्त्र सञ्चालक पदमा सञ्चालन समीतिले गरेको नियुक्तिलाई अनुमोदन गर्ने पाँच वटा सामान्य प्रस्तावहरु सभाले पास गरेको छ ।
त्यसैगरी २०७६ असार मसान्त सम्मको कायम आठ करोड ८२ लाख ७५ हजार रुपैयाँ चुक्तापुँजीको ३८.६० प्रतिशत बोनस सेयर दिने, आव २०७५÷७६ को बोनस सेयर वितरण पश्चात हुने १२ करोड २३ लाख ४९ हजार एक सय ५० रुपैयाँ चुक्तापुँजी र सहकार्य लघुवित्त वित्तीय संस्थाको २०७६ साउन कल ईन एडभान्स समेत गरी तीन करोड ६२ लाख ५० हजार डिडिए प्रतिवेदन समेतको आधार तथा सम्युक्त मर्जर समीतिबाट निर्धारण गरिएको सेयर आदानप्रदान अनुपात सहकार्य लघुवित्त वित्तीय संस्थाको सय कित्ता सेयरलाई ७५ कित्ता सेयर प्रदान भएपश्चात कायम हुने चुक्तापुँजी दुई करोड ७१ लाख ८७ हजार पाँच सय रुपैयाँ गरी १४ करोड ९५ लाख ३६ हजार छ सय ५० रुपैयाँ कायम गर्ने, सञ्चालक समीतिको बैठक भत्ता तथा सेवा बृद्धि गर्ने, उन्नती र सहकार्य बीचको मर्जर सम्बन्धी अध्यक्षको प्रतिवेदन माथि छलफल, सुम्युक्त मर्जर समीतिले कायम गरेको संशोधित सेयर स्वाप अनुपात स्वीकृत गर्ने, मर्ज प्रयोजनको लागि मुल्याङ्कन गर्न नियुक्त लेखा परीक्षक÷मुल्याङ्कनकर्ताको नियुक्ती तथा पारिश्रमिक अनुमोदन गर्ने, सहकार्यबाट चयन भई आउने सञ्चालकहरुलाई पदस्थापना गर्ने एवं अनुमोदन गर्ने अधिकार सञ्चालक समीतिलाई प्रत्यायोजन गर्ने, नयाँ सञ्चालक समीतिको कार्यकाल गाभिएपछि बन्ने संस्थाको प्रथम बार्षिक साधारण सभा नभए सम्म मात्र कायम रहने, दुबै वित्तीय संस्था गाभिएपछि कायम चुक्तपुँजीको १ः१ अनुपात हकप्रद सेयर जारी गर्ने, हक हस्ताण्तरण, हकप्रद सेयर पश्चात पुग्ने २९ करोड ९० लाख ७३ हजार तीन सय रुपैयाँ सम्म बृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्ने रहेका छन् ।
त्यसैगरी मर्ज पश्चात आवश्यक सम्पूर्ण प्रकृया तथा ऐन, नियम नियमावली अनुसार आवश्यक थपघट तथा परिमार्जनलाई सञ्चालक समीति तथा समीतिले अख्तियारी दिएको अधिकारीलाई अख्तियारी प्रदान गर्ने, मर्ज पश्चात परिवर्तित नाम उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड रहने र केन्द्रिय कार्यालय सिनपा–१२, भैरहवामा रहि काम गर्न अनुमति प्रदान गर्ने, मर्ज पश्चात संस्थाको सेयर स्वामित्व अनुपात ७५.४५ प्रतिशत (संस्थापक) र २४.५५ प्रतिशत (सर्वसाधारण) रहने, राष्ट्रिय स्तरको लघुवित्त संस्थाको रुपमा स्तरोन्नती गर्ने, गाभ्ने गाभिने वा प्राप्ती गर्ने र प्राप्ती हुन जाने उपयुक्त देखिएमा सञ्चालक समीतिलाई अख्तियारी प्रदान गर्ने, मर्जको लागि आवश्यक सम्पूर्ण प्रक्रियामा काम कार्वाही अगाडी बढाउन सञ्चालक समीतिलाई अख्तियारी दिने विशेष प्रस्तावहरु सभाले पास गरेको छ ।
३७ जना संस्थापक सेयर सदस्यहरुको एक करोड ५४ लाख रुपैयाँ पुँजीबाट सञ्चालनमा आएको संस्थाको विगत र वर्तमानमा धेरै अन्तर आएको छ । दश जिल्ला कार्यक्षेत्रबाट सेवा सुरु भई १५ जिल्ला कार्यक्षेत्र हुँदै राष्ट्रिय स्तरबाटै सेवा प्रवाह गर्ने गरी अगाडी बढेको छ । तीन जना कर्मचारीबाट सञ्चालन भएको संस्थामा हाल दुई सय कर्मचारीहरु पुगेका छन् । हाल ३९ वटा शाखा कार्यालयहरुबाट सेवा प्रवाह गरेको संस्थाको मर्ज पश्चात बन्ने उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको १४ करोड ९५ लाख रुपैयाँ चुक्तापुँजी, दुई अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी, ७५ करोड निक्षेप संकलन हुनुका साथै ५५ वटा शाखा कार्यालयहरु २५ जिल्लामा रही सेवा प्रवाह गर्ने छन् जहाँ तीन सय कर्मचारीहरुले प्रत्यक्ष रोजगार पाउनेछन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया