SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२९ गते
    १९१४ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत ।
    श्री पर्वतको जलजला गाउँपालिका वार्ड नम्वर ८ नाग्लीवाङ फर्सेमा अवस्थित शिव माध्यमिक विधालय दरवन्दी नहुँदा विधालय सञ्चालन तथा पठनपाठनमा निकै चुनौतीको सामना गर्नुपरेको विधालय व्यवस्थापन समितीका अध्यक्ष तथा युवा समाजसेवी विप्लप हमालले वताएका छन् । मंगलवार विधालयमा आयोजित शिक्षक विधाई तथा स्वागत कार्यक्रममा वोल्दै हमालले यस्तो वताएका हुन् ।

    विगत १२ वर्षदेखी शिक्षकहरुको दरवन्दी अभाव हुँदाहुँदै पनि निकै चुनौतीहरुको सामना गर्दै शैक्षिक क्रियाकलाप गर्नुपरेको भन्दै अध्यक्ष हमालले जलजलामा मा .वि को दरवन्दी नपाउने शिव मावि मात्र भएकोमा दुख व्यक्त गरे । हमालले अगाडी भने ‘‘ विधालयमा आवश्यक दरवन्दी छैन, माविमा मात्र हैन निमाविको पनि अपुग छ ,माविमा ४ जना र निमाविमा १ जनाको कमी छ, यतिका वर्षसम्म पनि संवन्धित निकायले ध्यान जान सकेको छैन,स्थानिय सरकारले दरवन्दी मिलान गरिदिन हमालले आग्रह समेत गरेका छन् । ’’ हमालले आगन्तुक शिक्षक तथा विदाई हुनुहुने शिक्षक लाई उज्जवल भविष्यको कामना समेत प्रदान गरे ।

    विधालयमा प्राविधिक दरवन्दीमा आगन्तुक प्रकाश सुवेदी र सह लेखापाल शोभा केसी लाई स्वागत तथा अंग्रेजी अध्यापनरत जमुना कँडेल र गणित शिक्षक गणेश प्रसाद सुवेदी लाई एक कार्यक्रमको आयोजना गरी विधाई गरिएको हो । विधाई हुने शिक्षकलाई शिक्षिका इश्वरी कुमारी थापाले मायाको चिनो र फुलमाला प्रदान गरीन् । यसैगरी विधार्थीहरुले पनि आफ्नो तर्फवाट शिक्षकहरुलाई मायाको चिनो प्रदान गरेको विधालय स्रोतले जानकारी दिएको छ ।

    सोही कार्यक्रममा नाग्लीवाङका वार्ड अध्यक्ष हरी जिसी,विधालय व्यवस्थापन समितीका पुर्व अध्यक्ष राम प्रसाद सुवेदी, हरेम वहादुर खत्री,प्रध्यानध्यापक रत्नवहादुर केसी लगायतले आगन्तुक शिक्षकलाई स्वागत तथा जानेहरुलाई उज्वल भविष्यको कामना व्यक्त गर्दै आफ्नो भनाई राखेका थिए । विधालय व्यवस्थापन समितीका अध्यक्ष तथा युवा समाजसेवी विप्लप हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विधालयका शिक्षक अमृत सापकोटा र कार्यक्रमको सञ्चालन शिक्षिका अस्मिता सुवेदीले गरेका थिए ।

    कार्यक्रममा विधालयका शिक्षक शिक्षिका ,विधार्थी,व्यवस्थापन समितीका पदाधिकारीहरु शिक्षाप्रेमी वुद्धिजीविहरुको उपस्थिती रहेको थियो । गरिव दलित तथा विपन्न परिवारका वालवालिकाहरुले अध्ययन गर्ने विधालयमा हालशिक्षक,कर्मचारी गरी १३ जना र विधार्थीहरु करिव १ सय ५० जनाले अध्ययन गर्ने गरेका छन् ।

    साथै बिधाई हुने शिक्षकहरुलाई विधालय र सम्पूर्ण शिक्षकहरुको तर्फबाट ईश्वरी कुमारी थापाले मायाको चिनो प्रदान गर्नु भएकाे थियाे । साथै बिद्यालयका प्रधानाध्यापक रत्न बहादुर केसिले बिदाई भएर जाने शिक्षकहरू बिद्यालय तथा समाजले सदैभर सम्झिरहने बताउनु भयाे ।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं