
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं,। प्रतिनिधिसभा चार महिनादेखि सभामुखविहीन भएको छ । प्रतिनिधिसभाको बजेट अधिवेशन सकिएलगत्तै यौन दुव्र्यवहारको आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभा बैठक सभामुखविहीन बनेको हो ।पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । दुई अध्यक्षले सहमति नजुटाए सम्म आफूले राजीनामा नदिने उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेको अडान छ ।
नेकपा सचिवालय सदस्य वामदेव गौतमको भैंसेपाटीस्थित निवासमा बुधबार पार्टी अध्यक्ष दाहाल, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधव नेपाल तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको बैठक बसेको थियो । बैठकले उपसभामुखको राजीनामा माग्ने अनौपचारिक सहमति जुटाएको थियो । प्रधानमन्त्री पक्षधर नेताहरूले यो बैठकलाई प्रधानमन्त्रीविरुद्ध गुटबन्दीका रूपमा लिएका छन् । पूर्वमाओवादी पक्षले सभामुख आफूहरूले पाउनुपर्ने दाबी गर्दै आएको छ ।कुन पक्षले सभामुख लिने भन्ने बहसका कारण प्रतिनिधिसभाले लामो समयदेखि सभामुख पाउन नसकेको हो । पूर्वमाओवादी पक्षधर एक नेताले उपसभामुखको अडान अस्वाभाविक रूपमा आएको बताए । यसले पार्टी नीति र पद्धति कमजोर हुने खतरा रहेको उनले बताए ।
‘पहिला त उहाँले राजीनामा गरेर सभामुख चयनको बाटो खोलिदिनुपर्छ । त्यसपछि उहाँले दाबी गर्ने ठाउँ रहन्छ,’ ती नेताले भने, ‘आफू हुने ग्यारेन्टी गरेपछि मात्र राजीनामा गर्छु भन्नु पार्टी निर्णयविपरीत हो ।’ नेकपा स्थायी समिति सदस्य भीम रावलले एउटा पदका लागि यति लामो समय सहमति हुन नसक्दा जनतामा राम्रो सन्देश नगएको बताए । सचिवालयले सकेन भने स्थायी कमिटीमा छलफल गर्नुप¥यो तर यसरी अलमलिनुहुँदैन ।’
अर्का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले उपसभामुखले राजीनामा नदिएकाले सभामुख निर्वाचन प्रक्रिया अवरुद्ध भएको बताए । ‘राजीनामा नदिनुको कारण त बुझ्न सकिएन तर आफैं सभामुख हुन पनि उहाँले राजीनामा दिनुपर्छ,’ उनले भने, ‘आफ्नै पार्टीको भएकाले महाभियोगमा जाने कुरा भएन त्यसैले उहाँकै कारण रोकिएको हो ।’नेकपाका प्रमुख सचेतक देव गुरुङले संवैधानिक पदमा बसेर बार्गेनिङ नगर्न उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई आग्रह गरेका छन् । ढिलोचाँडो राजीनामा दिनुको विकल्प नभएको भन्दै उनले व्यक्तिका आकांक्षा पूरा गर्न सदन अवरुद्ध गर्न नहुने बताए ।
‘यसका लागि संवैधानिक बाटो खुलाउनुपर्छ’ भन्दै उनले उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न नेकपाले आग्रह गरेको बताए । ‘यदि उहाँ आफैं सभामुखको उम्मेदवार हुन चाहेको भए उपसभामुखबाट अनिवार्य रूपमा राजीनामा दिनुपर्छ,’ उनले भने, ‘उपसभामुख पदमा रहेरै उहाँले सभामुखमा उम्मेदवारी दिन मिल्दैन ।’सभामुख चयनको विषयलाई लिएर जनप्रतिनिधिमूलक संस्थालाई लामो समयसम्म बन्दी बनाएर राखेकोप्रति सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूले नै विरोध गरिरहेका छन् ।उपसभामुखको राजीनामा र सभामुख कसलाई बनाउने भन्ने टुँगो नहुँदा प्रतिनिधिसभा बैठक पटक–पटक सर्दै आएको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया