SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२९ गते
    ८३३ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । स्वास्थ्य र पर्यटन विकासको लागि हाईकिङ भन्ने मुल नाराका साथ हरेक महिनाको अन्तिम शनिबार हुँदै आएको हाईकर्स भाग १० मा सहभागीहरुलाई पोखरा २२ मा रहेको कालाबाङ घरेडी सामुदायिक होमस्टेमा स्वागत गरिएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    पोखरा महानगरपालिका वडा नं. १७ को छोरेपाटनबाट सुरु गरिएको हाईकिङको पोखरा १७ का वडा अध्यक्ष तिर्थराज अधिकारीले शुभकामना दिदैं हाइकिङ संगै नेपाली ग्रामिण परिवेश, साँस्कृतिक, भौगोलिक, जनजिविकाको अध्ययन गर्न सुझाव दिएका थिए ।विहान ९ वजे छोरेपाटनबाट सुरु भएको हाईकिङ कोदीडाँडा, शान्ति स्तुपा, महादेव मुर्ती निर्माण स्थल पुम्दीकोट टावर हूदैं कालाबाङ घरेडी होम स्टे पुगेको थियो ।

    पोखरा वजारबाट वरपर रहेका सामुदायिक होमस्टेहरुलाई पदमार्गबाट पनि जोड्न सकिनेको सम्भाव्यता अध्ययन तथा पदयात्रा गर्न रुचाउनेहरुको लागि पदयात्रा गर्दै होमस्टेमा पुग्न पदमार्गको पहिचान हुने हाइकर्स क्लबका अध्यक्ष प्रविण तुलाचनले वताए ।विगत चैत्र महिनादेखि सुरु भईरहेको हाईकिङको संयोजन पत्रकार कृष्ण रानाभाट र ट्रेकिङ गाईड सुन्दरमणी त्रिपाठीले गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं