SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२८ गते
    ७७८ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर ,कपिलवस्तु ।
    कन्स्ट्रक्सन ठेकेदारले कृष्णनगर बजारकाे सडक नबाउने भनेपछि नगरप्रमुख लगायतका टाेली सडक विभागकाे अायाेजना कार्यालय पुगेका छन ।

    नगर प्रमुख रजत प्रताप शाहले पटक पटक फाेन सम्पर्क गर्दा चन्द्राैटा-कृष्णनगर सडकखण्ड निर्माण गरिरहेकाे कालिका कन्स्ट्रक्सनका ठेकेदार सुबाेध देवकाेटाले संघीयता आएपछि सडक विभागले मुख्य सडक मात्र बनाउने र कृष्णनगर बजार भित्रकाे सडक सहरी बिकास मन्त्रालयले मात्र बनाउन पाउने भएकाले हामी बीस कि .मी.मुख्य बाटाेमात्र निर्माण गर्ने बताउदै आएका थिए ।

    गएकाे बर्ष जनवरी पचीसमा सडक विभाग र भारतीय कम्पनी दिनेश चन्द्र एवं कालिका कन्स्ट्रक्सन संयुक्तसंग सम्झाैता भई सडक सुधार तथा बिकास अायाेजना द्वारा सडक निर्माण शुरु भएकाे हाे ।

    साे अायाेजना अन्तर्गत बीस किलोमिटर चन्द्राैटा-कृष्णनगर सडकखण्ड बनाउने तर अाठ किमी कृष्णनगर अर्बन सडक कालिका कन्स्ट्रक्सनले नबनाउने भनेपछि नगरप्रमुख लगायतका टाेली सडक बिभाग पुगेका छन । सडक विभागका सचिव ले समझाैता अनुसार नै काम हुने बताएपछि कृष्णनगर अर्बन सडक पनि बन्ने पक्का भएकाे नगरपालिकाले जनाएकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं