
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत– राष्ट्रिय दलित पत्रकार संघ नेपालको पर्वत जिल्ला शाखाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । पर्वतको कुश्मा बजारमा सम्पन्न भएको प्रथम जिल्ला भेलाले साजन परियारको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । परियार फलेवास साप्ताहिकका प्रकाशक एवम् रेडियो शालिग्रामका समाचार सहसम्पादक हुन् । पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँमा जन्मिएका परियार विगत ५ बर्षदेखी पर्वतको पत्रकारितामा सक्रिय छन् । उनी नेपाल पत्रकार महासंघ पर्वतका सदस्य र नेपाल प्रेश युनियन पर्वत शाखाका सचिव भएर काम गदै आएका छन् ।समितिको उपाध्याक्षमा ठाकुर रसाईली, सचिवमा दिपेश विश्वकर्मा, सहसचिवमा लक्ष्मण विश्वकर्मा र कोषाध्याक्षमा सिर्जना नेपाली चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा दिपक रसाईली, सुमित विश्वकर्मा, सुरेश परियार, बृद्धि परियार र रमेश रसाईली चयन हुनुभएको छ । भेलाले दुई सदस्य भने रिक्त राखेको छ । भेलाले प्रदेश संयोजकमा डिलवहादुर विक, याम परियार शिव र लिवियाना चौहानलाई चयन गरेको छ । समितिको अको बैठकले सल्लाहकार चयन गर्ने जनाएको छ । तत्कालिन दलित पत्रकार मञ्च पर्वतका अध्यक्ष डिलवहादुर विकको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गदै जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि पौडेलले समानतामूलक समाज निर्माण सँगै जातीय विभेद अन्त्यका लागि दलित समुदायका सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । दलित समुदायका पत्रकार एक भएर अघि बढ्दा सिंगो दलित समुदायलाई प्रेरणा मिल्ने उहाँको भनाई छ । साथै उहाँले अन्य पत्रकारहरुलाई दलित समुदायको समस्यामा जोडेर विभेद रहित समाज निर्माण गर्न भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गणेश पौडेलले पत्रकारिता पेशालाई फराकिलो पार्न सबैले विभेद रहित रुपमा खुल्ला हृदयका साथ काम गर्नुपर्ने बताउनु भयो ।पत्रकारिता पेशामा धेरै चुनौतीहरु रहेको भन्दै मेहनत गरी अघी बढ्न आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले दलित समुदायका पत्रकारहरु एकिकृत भएर स्वच्छ समाज निर्माण गर्नुपर्ने बताउनु भयो । उहाँले दलित समुदायका समस्या र आन्दोलनमा पत्रकार महासंघको सँधै साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गनुभयो ।
राष्ट्रिय दलित पत्रकार संघ नेपाल गण्डकी प्रदेशका संयोजक दिपक परियारले दलित समुदायका पत्रकारलाई अभिावकत्व प्रदान गर्न राष्ट्रिय दलित पत्रकार संघ नेपाल गठन गरिएको बताउनु भयो । उहाँले दलित समुदायका विचार र मुद्धालाई बलियो बनाउन नै संगठित भएको बताउँदै हरेक जिल्ला जिल्लामा संगठन विस्तार भईरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा कान्तिकारी पत्रकार संगठनका सचिव बैकुण्ठ गिरीले समाज विस्तार परिवर्तन हुँदै गएपनि अभिव्यक्तिको क्षुद्रतालाई अन्त्यगर्ने गरि संगठनले काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रेस युनियन पवतका उपाध्याक्ष रोशन तिवारीले दलित पत्रकारहरुका मुद्धामा प्रेश युनियन पर्वतको सँधै साथ र सहयोग रहने उद्घोष गर्नुभयो ।
Share this:


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया