SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२८ गते
    ७२९ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा–९ उपशाखाको २७ औँ साधारणसभा नव प्रभातमा.वि. को सभाहलमा सोमबार सम्पन्न भयो । कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकालले उद्घाटन गर्दै जेनेभा महासन्धीको आधारमा द्वन्द्व र विपद्को लागि सरकारको सहयोगी निकायका रूपमा स्थापित नेपाल रेडक्रसका उपशाखाहरू वडा कार्यालयसँग निकट रही सेवा केन्द्रका रूपमा काम गर्नुपर्ने वताउँदै सबैखाले मानवीय विपद्का समयमा काम गर्न आफूलाई अगाडि सार्नु पर्ने वताए ।

    उनले अन्तर्राष्ट्रिय रेडक्रस महासंघले अबका दिनमा रेडक्रसले महिला सहभागिता बढाउनु पर्ने, यूवा सहभागितालाई नेतृत्वको पहुँचमा राख्नुपर्ने र मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिएको वताएका थिए ।

    त्यस अवसरमा उपशाखा पोखरा–९ का निवर्तमान सभापति एवं जिल्ला सदस्य दिपेन्द्र मर्सानी, पोखरा–९ का वडा सदस्यहरू नन्दराम गिरी र राममाया मानन्धर पूर्व जिल्ला सदस्य उमा ठकुरी, पूर्व जिल्ला सदस्य एवं वरिष्ठ पत्रकार केशवराज भण्डारी, उद्योग वाणिज्य संघ पोखराका सदस्य एवं उपशाखा सदस्य मुना वास्तोला, जिल्ला सामुदायिक विकास समिति सदस्य एवं उपशाखा सदस्य दमोदर शर्मा, भावना श्रेष्ठ वोलेका थिए ।

    उपशाखा सभापति राजेन्द्र पहारीको सभापतित्वमा भएको कार्यक्रममा सात सिद्धान्त वाचन डेडकुमारी के.सी. जलारीले, स्वागत मन्तव्य उप–सभापति प्रकाश शर्माले, उपशाखाको प्रतिवेदन सचिव सागर पौडेल, आर्थिक प्रतिवेदन कोषाध्यक्ष उत्तम जोशीले प्रस्तुत गरेका थिए सभाले आगामी वर्षको प्रस्तावित कार्यक्रम र बजेट पनि पारित गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं