SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२८ गते
    ७९१ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा ।
    पर्यटकीय शहर पोखरा शाहसिक पर्यटकको मुख्य गन्तब्य हो । यहा आउने अधिकांश विदेशी तथा स्वदेशी पर्यटकहरु पोखराको सराङकोट बाट सञ्चालन हुने प्याराग्लाइडिङ गर्न रुचाउछन । त्यही प्याराग्लाइडिङ गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई पोखरा महोत्सवको बारेमा जानकारी दिनका लागी महोत्सव आयोजकले प्याराग्लाइडिङमा आफ्नो महोत्सवको ब्यानर सहित प्याराग्लाडिङ मार्फत पोखरा महोत्सवको जानकारी दिएको छ ।

    पोखराको लेकसाईडमा रहेको न्यु प्यारा वल्र्ड प्रा.लि.को सहयोगमा दुईवटा प्याराग्लाइडिङको सहयोगमा पोखरा महोत्सवको ब्यानर सहित पोखराको सराङकोट बाट लेकसाइडको फेवाताल किनार खपौदीमा पुगी प्रचार प्रसार र महोत्सवमा आउन पर्यटकहरुलाई निम्तो दिइएको महोत्सव आयोजक युनाईटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए । सो अवसरमा प्याराग्लाईडिङ उडान भर्न सराङकोट आएका करिव सय जना पाइलट र पर्यटकहरुलाई पोखरा महोत्सवको बारेमा जानकारी दिइ पुस २९ देखी माघ १२ गते सम्म सञ्चालन हुने पोखरा महोत्सवमा आउन निम्तो दिइएको थियो ।

    प्यराग्लाइडिङको सहयोगबाट पोखरा महोत्सवको बारेमा प्रचार प्रसार गरि भ्रमण वर्ष संगै पोखरा महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई जानकारी दिन पाउदा आफु निकै खुसी भएको न्यु प्यारा वल्र्ड प्रालिका प्रवन्ध निर्देशक सुमन थापाले वताए । युनाईटेड क्लवले पोखरा महोत्सवको आयोजना गरी विशुद्ध सामाजिक काममा अगाडि वढेको र महोत्सव आयोजक युनाईटेड क्लव संग सहकार्य गर्न पाउदा निकै खुसी लागेको वताउदै निर्देशक थापाले महोत्सव अवधिभर महोत्सवको लोगो अंकित झण्डा राखी आफ्नो कम्पनीको दुईवटा फ्लाईटबाट प्रचार प्रसार गरिदिने समेत वताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं