SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२७ गते
    ८०४ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखराको विरौटामा रहेको जनजागरण आमा समूहको नवनिर्मित बहुद्धेस्यीय भवन उद्घाटन तथा दोश्रो साधारण सभा शनिबार सम्पन्न भएको छ । समूहले कूल १३ लाख, ८ हजार ७ सय १८ रुपैयाँको लागतमा निर्माण गरेको भवनको गण्डकी प्रदेशका सांसद रामजी बरालजीवनले उद्घाटन गरे । उद्घाटनपछि बोल्दै सांसद बरालले महिलाहरु उद्यमी बन्नुपर्नेमा जोड दिए । उनले सुखी नेपाली समृद्ध नेपालको नारा सफल पार्न प्रत्येक घरकानागरिक उद्यमीबन्न अग्रसर हुनुपर्ने भन्दै महिलाले नेतृत्व गरेका हरेक कामहरु सफलहुने धेरै उदहारण रहेको बताए । अहिले उद्घाटन गरिएको बहुद्धेस्यीय भवन निर्माणका लागि पनि महिला समूहले नेतृत्व गरेकाले समयमै सम्पन्नहुन सफल भएको उनको भनाई थियो । महिलाहरु चुलो चौकामा मात्र सिमित नरही उद्यममा पनि लाग्नुपर्नेमा उनको जोड थियो ।

    सो अवसरमा बोल्दै पोखरा महा नगरपालिका वडा नं १७का वडा अध्यक्ष तीर्थराज अधिकारीले उज्यालो वडा बनाउने अभियान सञ्चालन गरिएको जानकारी दिए । अरु वडाको तुलनामा वडानं १७ को क्षेत्रफल ठूलो रहेको बताउँदै अधिकारीले खानेपानी, बाटोघाटो लगायत विकास निर्माणका काममै आँफूहरु केन्द्रितभईरहेको बताए । जनजागरण टोल विकास संस्थाका सचिव यम प्रसाद पौडेलले सम्पूर्ण टोलबासीको एकतामा धेरै महत्वपूर्ण विकासका कामहरु सहजै सम्पन्नगर्न सकिने विचार व्यक्त गरे ।

    महिलाहरु परम्परागत सोच र मान्यताबाट माथि उठेर विकास निर्माणमा अग्रसर हुनुपर्ने उनको भनाई थियो । भवन निर्माण समितिका संयोजक देवि थापाले टोलमा कुनै कार्यक्रम गर्नुपरे बाटोघाटो र अर्काको जमिनमा बस्नुपर्ने बाध्यता हटेको भन्दै टोलबासी सम्पूर्णको आर्थिक सहयोग मार्फत भवन निर्माण सम्पन्न भएको बताईन । यस्तै आर्थिक शंकलन समितिका संयोजक विश्वास भण्डारीले टोलबासीको एकताकै कारण भवन निर्माण सम्भव भएको बताए ।

    कार्यक्रममा भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने दाताहरुलाई कदर तथा प्रमाणपत्र वितरण गरिएको थियो । आमा समूहका अध्यक्ष नन्दकुमारी गुरुङको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष भगवती रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन भने कार्यक्रमको सञ्चालन सचिव िदपाशर्माले गरेकीथिईन । सो अवसरमा कार्यसमितिका सदस्यहरुले स्वागतगित समेत प्रस्तुत गरेका थिए ।
    यसैबीच आमा समूहको दोश्रो साधारणसभाले कोषाध्यक्ष कल्पना पौडेल बरालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र सचिव दिपाशर्माले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं