
१स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
२ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
३पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
४विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
५महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
६जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
७जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
८भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न
९मोदी गाउँपालिकाको ७५ करोड १८ लाखको बजेट,कृषि, युवा रोजगार र सुशासनमा जोड
१०रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
११सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
१२जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
८कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
९अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
१२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
कास्की । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन कास्कीको वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रम शनिबार भएको छ । पोखराको दोबिल्लामा भएको साधारणसभामा केन्द्रदेखि गण्डकी प्रदेशका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी तथा नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनका महासचिव लक्ष्मी रावलले कानुन व्यावसायीहरु कानुनकै लागि लडिरहेको बताउनुभयो । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन नेपाली कांग्रेसको शुभेक्छुक संस्था भएकाले पार्टी कांग्रेसको नेतृत्व तहमा परेको गुट उपगुटको प्रभाव शुभेक्छुक संस्थामा पनि परेको बताउनुभयो । डेमोक्रेटिक लयर्स एसोसिएसनमा पनि त्यसको प्रभावले कानुन व्यावसायीहरुले पराजय भोग्न पुगको बताउनुभयो ।
कार्यक्रमका बिशिष्ट अतिथी पूर्व सभामुख, पूर्व कानुमन्त्री तथा नेपाली कांग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटले नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन साचेभन्दा कमजोर भएको बताउनुभयो । सांठनिक रुपमा राम्रो हुदाहुदै पनि प्राविधिक कारणले डमोक्रेट कानुन व्यावसायी पराजित हुदा अचम्ममा परेको उहाँको धारणा थियो । उहाँले सो कार्यक्रममा वर्तमान सरकारको आलोचना पनि गर्नुभएको छ । कानुन बनिसकेपछी कानुन कस्को लागि किन आवश्यक परेको हो भन्ने निकाय नभएकोले कति प्रभावकारी भयो भएन सरकारलाई केही वास्ता नभएको पनि बताउनुभयो । सरकारको पछिल्लो गतिविधी हेर्दा प्रजातान्त्रिक पक्रिया नै हराईसकेको आभास भएको उहाँको धारणा थियो ।
साधरणसभामा आगामी माघ २५ गते हुन गईरहेको नेपाल कानुन व्यावसायी परिषद पार्षद सदस्यको निर्वाचनमा गण्डकी प्रदेशबाट उम्मेद्वारी प्रस्तुत गर्ने अधिकांश अधिवक्ताहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्ष अधिवक्ता यदुनाथ खनाल, गोपालकृष्ण गिरी, नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनका कोषाध्यक्ष फणिनाथ कोइराला, वरिष्ठ अधिवक्ताको तर्फबाट कृष्णबहादुर थापाले शुभकामना व्यक्त गर्नुभएको थियो ।
गण्डकी प्रदेशका गोर्खा र लमजुङ बाहेक अन्य जिल्लाको सहभागिता रहेको कार्यक्रममा नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन तनहुका अध्यक्ष कमलामोहननाथ वाग्लेले आशन्न नेपाल कानुन व्यावसायी परिषद पार्षद सदस्यको निर्वाचनमा आफुपनि आकांक्षी भएपनि युवालाई अवसर दिने गरी कुनैपनि पदको दावेदारीमा नरहेको उद्घोष गर्नुभएको थियो । कार्यक्रममा नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व सचिव तुलसी घिमिरे, उच्च अदालत बार एसोसियसनका पूर्व अध्यक्ष रामचन्द्र तिवारी, नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन धवलागिरीका अध्यक्ष निरञ्जनलाल राजभण्डारी, अधिवक्ता ज्ञानेन्द्र अधिकारी, उच्च अदालत बार एसोसियसन कास्कीका अध्यक्ष रोहितराज बास्तोला लगाएतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनका अध्यक्षल विष्णु प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कमल पौडेलले गर्नुभएको थियो । वार्षिक साधरणसभामा एसोसियसन कास्कीकी कोषध्यक्ष कृष्ण कुमारी गुरुङले आर्थिक प्रतिवेदन र सचिव सचिव कमल पौडेलले वार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया