पर्वत, । मोदी गाउँपालिका वडा नम्बर ६ तिलाहारस्थित निमार्णाधिन रती खोलाको पुलमा काम गर्ने सप्तरीका एक मजुदरको एक्कासी बेहोस भइ ढलेर ज्यान गएको छ ।
सप्तरी घर भएका ६० वर्षीय भोलानाथ चौधरीको अचानक पुलको काम गर्दै गर्दा लडेपछि बेहोस भएका थिए । उपचारको लागि जिल्ला अस्पताल पर्वतमा पुर्याइएको उनलाई चिकित्सकले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेका हुन् ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको पर्वत प्रहरी प्रमुख श्यामु अर्याललले जानकारी दिनुभयो । चौधरी केही समय पहिलेदेखि फेवा कन्स्ट्रक्सन प्रालिमा मजुदुरको रुपमा कार्यरत थिए ।
उनको मृत्यु शुक्रबारनै भए पनि आफन्त टाढा भएको र आउन समय लाग्ने हुने भएकोले शनिबार आज मात्र पोष्ट मार्टम गरी शवलाई आफन्तको जिम्मा लगाउने अर्यालले जानकारी दिनुभयो ।