
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं, । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफू पार्टीलाई एक बनाउन तयार रहेको तर अरूले निहुँ खोज्न थाले ‘नछाड्ने’ बताएका छन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरलाई लक्षित गर्दै निहुँ खोज्दै गए महाधिवेशनसमेत तोकिएको समयमा नगर्ने चेतावनी दिएका छन् ।
पार्टीमा चर्केको विवाद निरूपणका लागि आग्रह गर्न प्रजातान्त्रिक विचार समाजका पदाधिकारी शुक्रबार देउवाकहाँ पुगेका थिए । त्यस क्रममा पौडेलले विधानविपरीत जिल्ला सभापतिहरूको भेला बोलाएको भन्दै देउवाले असन्तुष्टि जनाएका थिए । ‘हारेको सभापति (पौडेल) ले बोलाएको भेला वैध छ ?’ उनले भने, ‘म एकोहोरो खालको मान्छे हो । यो नेचर कसैले भनेर परिवर्तन हुन्छ र ?’
सभापति देउवाले सबैलाई समेटेर लैजान खोज्दाखोज्दै काम गर्न नदिइएको गुनासोसमेत गरेका छन् । पुस ११ को केन्द्रीय कार्यसमिति बैठकले पौडेल र कृष्णप्रसाद सिटौला पक्षको बहिष्कारका बीच महाधिवेशनको कार्यतालिका, कार्यविधि, केन्द्रीय कार्यसमिति र तरुण दलको म्याद थप, विभागको संख्या थप र विधानका केही दफा निलम्बन गर्ने निर्णय गरेपछि आन्तरिक तिक्तता चुलिएको छ । कांग्रेसको महाधिवेशन ०७७ फागुन ७–१० गते हुने गरी तालिका ल्याइएको छ । देउवाले समाजसँग विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिक पार्टीसँगको एकीकरणका कारण कार्यकाल अझै लम्ब्याउन सकिने स्थिति रहेको पनि बताए । ‘तर, म त्यसो गर्दिनँ,’ उनले भने ।
देउवाले पुस ११ गते सहमतिकै आधारमा निर्णय भएको दाबी गरे । ‘धेरै विषयमा सहमति भएको थियो । बैठकमा आएर सहमति नभएका विषयमा परक मत लेखेको भए हुन्थ्यो तर बैठकमा नआएपछि मलाई दुःख लागेको छ,’ उनले समाजको टोलीसँग दुःखेसो पोखेका थिए । समाजका अध्यक्ष केदारनरसिंह केसीको नेतृत्वमा गएको टोलीले सरकारका निरंकुश कदमविरुद्ध सडक संघर्ष गर्न सुझाउँदा देउवाले ‘सडकमा गए पनि साथीहरूले विरोध गर्छन्, तपाईंहरूले पनि साथ दिने होइन, मेरो विरोध गर्ने त हो’ भन्ने जवाफ दिएका थिए ।
लोकतान्त्रिक संस्था र उपलब्धिलाई कमजोर बनाउने काम भइरहेको भन्दै समाजले कांग्रेसभित्रको झगडाबाट सरकारलाई थप बल पुग्ने हुनाले पार्टीको बृहत् एकताका लागि तत्काल पहल गर्न देउवालाई आग्रह गरेको थियो । ‘निर्वाचन परिणामले प्राविधिक रूपमा प्रतिपक्षमा रहे पनि संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने र संविधान कार्यान्वयन गर्ने राजनीतिक रूपमा कांग्रेसकै मूल जिम्मेवारी हो,’ देउवालाई सम्बोधन गर्दै दिइएको पत्रमा समाजले भनेको छ, ‘विडम्बना कांग्रेस आफैंभित्र अलमलिएको छ । लोकतन्त्रको रक्षाकबच भएर उभिनुपर्ने बेला कांग्रेस घरभित्रकै खिचातानीमा अल्झिएको छ ।’
समाजका अध्यक्ष केसीले प्रजातान्त्रिक संघसंस्थाका पूर्वअध्यक्षहरूको छलफलबाट प्राप्त सुझावलाई समेटेर सभापति देउवाको ध्यानाकर्षण गराइएको बताए । ‘कांग्रेस माया गर्ने आम पंक्तिमा छाएको निराशा बदल्न पार्टी नेतृत्वले अविलम्ब अग्रसरता लिन सकोस् भनेर हामीले सभापतिलाई भेटेका हौं,’ उनले भने, ‘उहाँसँग हाम्रो ठाडठाडै कुराकानी भयो ।’
समाजका पदाधिकारीहरूले सरकारले संघीयता र संविधानको मर्मविपरीत ल्याएका विधेयकहरूको विरुद्धमा सडक र सदनमा प्रभावकारी भूमिका खेल्नुपर्ने बेला कांग्रेसभित्रको झगडाले विषयान्तर गर्न खोजेको भन्दै देउवाको ध्यानाकर्षण गराएका थिए । ‘कांग्रेसले सशक्त प्रतिवाद गर्नुपर्थ्यो तर सकिरहेको छैन । यसतर्फ पार्टीले गम्भीर रूपमा सोच्नु आवश्यक छ,’ केसीले भने । कान्तिपुर दैनिकले खबर छापेकाे छ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया