
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
इरानमा गत मङ्गलबार दुर्घटनाग्रस्त भएको युक्रेनी विमान बारे पूर्ण रुपमा अनुसन्धान होस् भन्ने अपेक्षा संयुक्त राष्ट्रसंघले गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका उपप्रवक्ता फराह हकले बिहीबार सो कुराको जानकारी दिनुभएको हो । हवाई उड्डयन सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय, आइकाओलाई उद्धृत गर्दै हकले भन्नुभएको छ– संयुक्त राष्ट्रसंघ यो विमान दुर्घटनाको अनुसन्धान राम्रोसँग होस् भन्ने चाहन्छ, आइकाओको आधिकारिक भनाई पनि यही हो ।हवाई उड्डयन सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय, आइकाओलाई उक्त विमान दुर्घटनाको सामान्य जानकारी मात्र गराइएको र यसको छानबीनको लागि आवश्यक सहयोग नमागिएको बताइएको छ ।सोही कारण उक्त निकायले विमान दुर्घटनाको कारण राम्रोसँग पत्ता लागोस् भन्ने चाहेको बताइएको छ ।
हवाई उड्डयन सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय, आइकाओले सो विमान दुर्घटनाको पूर्ण रुपमा अनुसन्धान होस् भन्दै यसबाट पत्ता लागेको तथ्यसम्बन्धी प्रारम्भिक प्रतिवेदन आफूलाइ दिनुपर्ने बताएको छ ।प्रवक्ता हकले उक्त विमानको दुर्घटना भएको दिनदेखि महिना दिनभित्र सो विमान दुर्घटनाको पूर्ण रुपमा अनुसन्धान गरी यसको प्रारम्भिक प्रतिवेदन दिन पनि इरान सरकारसँग आग्रह गरेको । अमेरिकामा निर्माण भएको बोइङ कम्पनीको यूक्रेनी विमान गत मंगलबार इरानमा दुर्घटनाग्रस्त भएको थियो ।
सो विमानमा नौ जना चालकदलका सदस्यसहित १७६ जना यात्रामा रहेका थिए । ती सबैजना यात्रुको निधन भएको छ ।
उक्त विमानको दुर्घटनाको कारण अनुसन्धान गरिरहेको जानकारी इरानले दिएको छ । इरानले बिहीबारमात्र दिएको जानकारीअनुसार सो विमानको ‘ब्ल्याकबक्स’ भेटिएको छ ।प्रारम्भिक अनुसन्धानबाट उक्त विमानको ‘ब्ल्याकबक्स’ बिग्रिएको अवस्थामा पाइएको जानकारी पनि इरानले बिहीबार दिएको थियो ।
इरानले राजधानी तेहरानको परान्ड उपनगरमा दुर्घटनाग्रस्त युक्रेनी यात्रुवाहक विमानको बारेको प्रारम्भिक जानकारी इरान सरकारले सार्वजनिक गरेको हो ।इरानको उड्डयन संगठनका प्रमुख अली अबेद्जादेले भन्नुभयो, “विमानको ‘ब्ल्याकबक्स’ बिग्रिएको भेटिएको इरानी प्राविधिकले बताएका छन् । दुवै उपकरणका ‘मेमोरी चिप्स’ मा देखिनेगरी नै क्षति भएको पाइएको छ ।”त्यसैगरी अहिलेसम्मको अनुसन्धानबाट विमान दुर्घटनापूर्व विमान चालकबाट त्यस्तो कुनै असामान्य खालको सन्देश प्राप्त भएको आवाज पनि प्राप्त नभएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको इरानी अधिकारीले बताएका छन् ।
इरानले युक्रेन र सम्बन्धित देशका प्रतिनिधिहरूलाई दुर्घटनाको बारेमा अनुसन्धानका लािग सूचित गरेको बताइएको छ । तर उता अनुसन्धानका लागि कुनै जानकारी नपाइएको आइकाओले जनाएको छ ।इरानले गरेको आन्तरिक तथा प्रारम्भिक प्रतिवेदनले विमान आठ हजार फिटमाथि आकाशमा रहेको समयमा राडारसँगको सम्पर्क गुमेको र त्यो सम्पर्क गुमेको छोटो समयमै विमान दुर्घटनाग्रस्त भएको उल्लेख गरिएको छ ।इरान सरकारले गरेको यो अनुसन्धानमा प्रत्यक्षदर्शीहरुलाई पनि समेटेको छ । उनीहरुले विमान दुर्घटना हुनुभन्दा अघि विमानबाट आगो निस्केको बताएका थिए ।
विमानमा आगो लागेर समस्या देखिएपछि विमान चालकले दिशा बदलेर विमानस्थलतर्फ फर्काउन खोजिएको अनुमान अधिकारीले गरेका छन् । यस तथ्यलाई पनि उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।विमान दुर्घटनाको समय इरान र अमेरिकाबीचको द्ध’न्द्धको समय रहेको थियो । त्यस समय इरानले इराकमा रहेको अमेरिकी सैन्य शिविरमा क्षे’प्या’स्त्र हानेको थियो । सोही समयमा इरानमा विमान दुर्घटनाग्रस्त भएको थियो । त्यसैले इरान आफैले अनुसन्धान गरिरहेको यस दुर्घटनाको अनुसन्धान पूर्ण रुपमा होस् भन्ने अपेक्षा राष्ट्रंघले गरेको छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया