SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२५ गते
    ७७२ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा ।
    बाल संरक्षण र बाल अधिकारबारे गण्डकी प्रदेशका नीति तथा कार्यक्रमहरुबारे एक दिने अन्तरसम्बाद कार्यक्रम पोखरामा बिहिबार सम्पन्न भएको छ ।कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले बाल अधिकारसँगै बालबालिकालाई कर्तव्यको बोध समेत गराउनुपर्नेमा जोड दिनुभयो ।त्यसै गरी उपसभामुख सृजना शर्माले बालबालिकाबारे उचीत नीति बनाउनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।त्यसै गरी गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले बालबालिकाको पक्षमा लगानी वृद्धि गर्न तर्फ ध्यान पु¥याउन सबै पक्षलाई आग्रह गर्नुभयो ।

    कार्यक्रममा गण्डकी प्रदेश समाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख जमुना पौडेलले गण्डकी प्रदेश सरकारले अगाडि सारेका नीति तथा कार्यक्रमहरुबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यसै गरी बाल अधिकारकर्मी मिलन धरेलले बाल अधिकारका क्षेत्रमा आवश्यक विभिन्न नीतिहरु तर्फ ध्यानाकर्षण गराउनु भयो ।

    कार्यक्रममा प्रदेश सभा सदस्य ओमकला गौतम, राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालयकी नीतु गर्ताैलाले समेत आफ्नो धारणा व्यक्त गर्नुभयो ।स्वतन्त्रता अभियान, जागृति बाल तथा युवा सरोकार नेपाल, यात्रामा रहेका बालबालिका (ड्युकम), बाल मैत्री स्थानिय शासन राष्ट्रिय मञ्च, किशोरी अधिकारका लागि राष्ट्रिय सञ्जाल, सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल, राष्ट्रिय बाल संरक्षण सञ्जाल लगायतका संस्थाहरुको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमको अन्तक्र्रियात्मक सत्रमा प्रदेश सभाका १० जना सांसदहरुले भाग लिनुभएको थियो ।

    करिब पाँच दर्जन सहभागी रहेको कार्यक्रममा बाल विवाह, बालबालिकाहरुको जन्म दर्ता, बाल श्रम, बाल संरक्षण, बालबालिकाहरुको सामाजिक सुरक्षा, बालबालिका सम्बन्धी ऐन निर्माण तथा कार्यान्वयन, बाल मैत्री स्थानिय शासन अबलम्बन, किशोरी सशक्तिकरण लगायातका विषयहरुमा सहभागीहरुले आफ्नो अभिमत राखेका थिए ।

    कार्यक्रम स्वतन्त्रता अभियानकी अध्यक्ष चन्द्रकला शर्माको अध्यक्षता, जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलको सहजिकरण तथा राष्ट्रिय बाल संरक्षण सञ्जालकी अध्यक्ष ऋतु भट्टराईको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं