SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२४ गते
    ७४० &#२३४६;&#२३३५;&#२३२५;

    श्रीभद्र पौडेल हेमजा, । गण्डकी प्रदेशसभा सांसद रामजी वरालले विकास निर्माणमा हुने गरेको प्राविधिक तथा ठेकेदारको मिलेमतो तोड्नुपर्ने बताएका छन् । बुधवार हेमजा स्थित मेलवोट खानेपानी मुहान सडकको अनुगमनका क्रममा सांसद बरालले त्यस्तो बताएका हुन् ।प्राविधिकलाई पारिश्रमिक कम भयो भने राज्यलाई भन्ने हो तर ठेकेदारसँग मिलेमतो गर्ने होइन, मिलेमतोसँगै कामको गुणस्तर खस्कने जनाउँदै सांसद बरालले त्यो प्रवृति समृद्घ नेपाल निर्माण गर्ने अभियानको बाधक भएको औँल्याए ।

    स्थानीय सरोकारवालाको आग्रहमा सांसद वराल सहित हेमजाका वडाध्यक्ष शोभाकर तिम्सिना, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) हेमजा वडा कमिटिका पदाधिकारी, वडा सदस्य लगायतको टोलीले स्तरउन्नती जारी रहेको उक्त बाटोको अनुगमन गरेको हो। अनुगमन पछि इञ्जिनियर सहित सरोकारवालाको टोलीलाई सम्बोधन गर्दै सांसद वरालले सम्भौता अनुसार काम गर्न निर्देशन दिए।उनले जनतालाई सानातिना साद सिमानाका कुरामा अल्झिएर विकास नरोक्न पनि आग्रह गरे।

    फलामेखेत(तल्लो झिर्झिका) सडक सरोकार समितिका अध्यक्ष इन्द्रप्रसाद दाहालले निर्माण कम्पनीले काममा ढिलासुस्ती गरेको औँल्याए ।भुगोलले मागे अनुसार काम भएन, सडकको केन्द्रबाट आधा आधाको मापदण्ड पनि कायम गरिएन, गुणस्तरीय काम पनि भएन भन्दै अध्यक्ष दाहालले निर्माण कम्पनीलाई त्यस्तो नगर्न आग्रह गरे। जवाफमा इञ्जिनियर आनन्द पौडेलले विवादका विच काम गर्नुपर्दा असहज भएको अनुभव सुनाए ।जग्गा विवाद, मौसम, विजुलीका पोल, घर टहरा भत्काउने कार्य, पहिरो तथा सुरुको अवस्थामा शिलान्यासका लागि भनेर करिव २० दिनजती काम गर्न नपाउँदा समयमै कार्य सम्पन्न गर्न नसकको उनले स्पष्ट पारे।बाटोको मापदण्ड भने आफूहरुले कायम गरेको उनको दावी थियो।

    उक्त बाटो गत वर्ष संघिय सरकारका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले शिलन्यास गरेका थिए ।सडक हेमजाको मेलवोटबाट सुरु भएर लुम्रे सिधिङसम्म कुल १५.९ कि.मी लामो तथा ६.२५ मिटर नाला सहित निर्माण गरिने भनिएको थियो ।निर्माणको जिम्मा हिमद्ुङ एण्ड थोकर ड्रागन जेभीले पाएको थियो। १८ महिना भित्र काम सक्नेगरी कुल रु.२६ करोड १ लाख ९७ हजार २ सय ३९ रुपैँयामा ठेक्का सम्झौता भएको थियो ।तर सम्झौता समय सकिन ४÷५ दिन मात्रै बाँकी रहदाँ समेत करिव ५५ प्रतिशत कार्य मात्र भएको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं