
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
श्रीभद्र पौडेल हेमजा, । गण्डकी प्रदेशसभा सांसद रामजी वरालले विकास निर्माणमा हुने गरेको प्राविधिक तथा ठेकेदारको मिलेमतो तोड्नुपर्ने बताएका छन् । बुधवार हेमजा स्थित मेलवोट खानेपानी मुहान सडकको अनुगमनका क्रममा सांसद बरालले त्यस्तो बताएका हुन् ।प्राविधिकलाई पारिश्रमिक कम भयो भने राज्यलाई भन्ने हो तर ठेकेदारसँग मिलेमतो गर्ने होइन, मिलेमतोसँगै कामको गुणस्तर खस्कने जनाउँदै सांसद बरालले त्यो प्रवृति समृद्घ नेपाल निर्माण गर्ने अभियानको बाधक भएको औँल्याए ।
स्थानीय सरोकारवालाको आग्रहमा सांसद वराल सहित हेमजाका वडाध्यक्ष शोभाकर तिम्सिना, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) हेमजा वडा कमिटिका पदाधिकारी, वडा सदस्य लगायतको टोलीले स्तरउन्नती जारी रहेको उक्त बाटोको अनुगमन गरेको हो। अनुगमन पछि इञ्जिनियर सहित सरोकारवालाको टोलीलाई सम्बोधन गर्दै सांसद वरालले सम्भौता अनुसार काम गर्न निर्देशन दिए।उनले जनतालाई सानातिना साद सिमानाका कुरामा अल्झिएर विकास नरोक्न पनि आग्रह गरे।
फलामेखेत(तल्लो झिर्झिका) सडक सरोकार समितिका अध्यक्ष इन्द्रप्रसाद दाहालले निर्माण कम्पनीले काममा ढिलासुस्ती गरेको औँल्याए ।भुगोलले मागे अनुसार काम भएन, सडकको केन्द्रबाट आधा आधाको मापदण्ड पनि कायम गरिएन, गुणस्तरीय काम पनि भएन भन्दै अध्यक्ष दाहालले निर्माण कम्पनीलाई त्यस्तो नगर्न आग्रह गरे। जवाफमा इञ्जिनियर आनन्द पौडेलले विवादका विच काम गर्नुपर्दा असहज भएको अनुभव सुनाए ।जग्गा विवाद, मौसम, विजुलीका पोल, घर टहरा भत्काउने कार्य, पहिरो तथा सुरुको अवस्थामा शिलान्यासका लागि भनेर करिव २० दिनजती काम गर्न नपाउँदा समयमै कार्य सम्पन्न गर्न नसकको उनले स्पष्ट पारे।बाटोको मापदण्ड भने आफूहरुले कायम गरेको उनको दावी थियो।
उक्त बाटो गत वर्ष संघिय सरकारका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले शिलन्यास गरेका थिए ।सडक हेमजाको मेलवोटबाट सुरु भएर लुम्रे सिधिङसम्म कुल १५.९ कि.मी लामो तथा ६.२५ मिटर नाला सहित निर्माण गरिने भनिएको थियो ।निर्माणको जिम्मा हिमद्ुङ एण्ड थोकर ड्रागन जेभीले पाएको थियो। १८ महिना भित्र काम सक्नेगरी कुल रु.२६ करोड १ लाख ९७ हजार २ सय ३९ रुपैँयामा ठेक्का सम्झौता भएको थियो ।तर सम्झौता समय सकिन ४÷५ दिन मात्रै बाँकी रहदाँ समेत करिव ५५ प्रतिशत कार्य मात्र भएको जनाइएको छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया