
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा । दशौ पोखरा महोत्सवलाई सुरक्षित वातावरणमा भब्य र सभ्य तरिकाले सम्पन्न गराउन कास्कीमा रहेका सम्पूर्ण सुरक्षा निकायले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । महोत्सव आयोजक युनाईटेड क्लवका पदाधिकारीहरु संगको अन्तरक्रियामा सहभागी कास्कीका सुरक्षा निकायका प्रमुखहरुले पोखरा महोत्सवमा शान्ति सुरक्षा अमन चयन गर्नका लागी कुनै कसुर बांकी नरहने गरीे काम गर्नेे वताएका हुन ।
अन्तरक्रिया कार्यक्रममा वोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले पोखरा महोत्सवलाई सुरक्षित रुपमा सम्पन्न गर्नका लागी सुरक्षा निकाय संग समन्वय गरी महोत्सवलाई भब्य र सभ्य बनाउनतर्फ लाग्ने वताए । प्रमुख जिल्ला अधिकारी केसीले संघ सस्था क्लवहरुले आर्थिक उपार्जन गर्ने गरी मेला महोत्सवहरु आयोजना गरिरहेको वताउदै सामाजिक काममा अगाडि रहेको युनाईटेड क्लवलाई अर्को महोत्सव गर्दा खेरी कम्पनी रजिष्टर्डको कार्यालयमा दर्ता गरी महोत्सव सञ्चालन गर्न समेत केसीले सुझाव दिए ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले महोत्सवमा सुरक्षा प्रदान गर्नका लागि महोत्सव आयोजक र अन्य सुरक्षा निकायसंग समन्वय गरेर अगाडि वढ्ने वताए । महोत्सवमा विशेष गरी सांझको समयमा भीडभाड हुने भएकाले त्यसलाई मध्येनजर गरी सुरक्षा ब्यवस्था मिलाउने र कोही कसैले कानुनले निशेध गर्ने कार्य र समाजमा पाच्य नहुने काम गरे कानुन अनुसार कारबाही गर्ने वताए ।
कालिका गण मालेपाटनका गणपति ससस्त्र प्रहरी उपरीक्षक प्रेम ध्वज शाहले विगतका वर्षहरुमा पनि ससस्त्र प्रहरीले अन्य सुरक्षा निकायसंग सहकार्य गरी महोत्सवलाई सहयोग गर्ने प्रतिवद्धता जनाए । राष्ट्रिय अनुसन्धान कार्यालय कास्कीका प्रमुख अनुसन्धान निर्देशक भुमिराज पाठकले समेत महोत्सवको सफलताको कामना गर्दै महोत्सवलाई आफ्नो युनिटले समेत अन्य सुरक्षा निकाय संग सहकार्य गरी शान्ति सुरक्षा अमन चयनमा सहयोग पुर्याउने वताए ।
त्यस्तै वडा प्रहरी कार्यालय राम बजारका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले पोखरा महोत्सव स्थल आफ्नो वडाको मातहतमा पर्ने भएकाले आयोजक संग सहकार्य गरी महोत्सव स्थल र परिसरको सुरक्षामा कुनै कसुर बांकी नरहने गरी काम गर्ने वताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की औधोगिक क्षेत्र विटका प्रमुख प्रहरी नायव निरीक्षक जीतजंग कार्कीले अन्य महोत्सवहरुमा भन्दा पोखरा महोत्सवको ट्राफिक ब्यवस्थापन चुस्त दुस्त हुने गरेको वताउदै विगतका वर्षहरुमा जसरी सहज रुपमा सवारी आवागमन हुने गरी ट्राफिक ब्यवस्थापन गरिने वताए ।
सो अवसरमा वोल्दै महोत्सव सुरक्षा ब्यवस्थापन उपसमितिका संयोजक तथा युनाईटेड क्लवका सचिव सूर्य बहादुर वानियाले महोत्सव स्थलको बारेमा जानकारी दिदै महोत्सवको सुरक्षालाई मध्येनजर गरी महोत्सवका गतिविधीलाई समेटने गरी सिसी क्यामेरा जडान गरिने, पार्किङको पूर्ण रुपमा ब्यवस्थापन गर्ने र सुरक्षा निकाय संग आयोजकले समेत संहकार्य गरी महोत्सवलाई सफल बनाउने प्रतिवद्धता जनाए ।
त्यस्तै जेट सेक्युरिटी कम्पनी प्रालिका सञ्चालक कृष्ण सुवेदीले महोत्सव अवधिभर १५ जना निजी सेक्युरिटी गार्डहरु परिचालन गर्ने र उनीहरुले प्रवेश द्धार, बाहिरी गेट र विशेष गरी रातको समयमा स्टलको सुरक्षा प्रदान गर्ने वताए । त्यस्तै स्वर्यसेवक परिचालन उपसमितिका संयोजक विष्णु कुमार गुरुङले महोत्सव अवधिभर ५० जना स्वयंसेवक परिचालन गर्ने र उनीहरुले पनि आयोजक र सुरक्षा निकाय संग समन्वय गरी काम गर्ने वताए ।
ट्राफिक ब्यवस्थापन उपसमिती संयोजक राम बहादुर थापा मगरले ट्राफिक संग सहकार्य गरी महोत्सव स्थल बाहिरको ट्राफिक ब्यवस्थापन गरिने वताए । महोत्सव आयोजक मुल समारोह समितीका संयोजक तथा युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लवका महासचिव तथा महोत्सव प्रचारप्रसार संयोजक शान्त बहादुर थापाले गरेका थिए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया