SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२२ गते
    ८७८ &#२३४६;&#२३३५;&#२३२५;

    गिता राना मगर, पोखरा ।
    अगामी पुसको २९ देखी माघको १२ गते सम्म पोखराको अमरसिंह चौरमा हुने दशौ संस्करणको पोखरा महोत्सवलाई पोखराका संघ सस्था तथा महिला समुहको साथ रहने भएको छ । युनाईटेड क्लवको आयोजनामा हुने दशौ संस्करणको पोखरा महोत्सवलाई सभ्य र भब्य रुपमा सफल बनाउन पोखरामा रहेका आमा तथा महिला समुह, टोल बिकास संस्था, संघ सस्था, बुद्धिजिवी, समाजसेवी, नागरिक समाजले सहयोग गर्ने भएको हो ।

    हालै सम्पन्न भेलामा सहभागीहरुले सामाजिक कामबाट पोखरामा अग्रणी स्थानमा रहेको युनाईटेड क्लवको पोखरा महोत्सवलाई आ आफ्नो ठाउबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन । सो अवसरमा वोल्दै दशौ पोखरा महोत्सवको झांकी ¥याली ब्यवस्थापन उपसमिती संयोजक पवित्रादेवी गुरुङले विगतका महोत्सवहरुमा जस्तै यो पटकको महोत्सवमा पनि पोखरामा रहेका संघ सस्था, आमा समुह, महिला समुह लगायतको झांकी तथा र्याली हरुलाई सहयोग गर्नका लागि आग्रह गर्दै सम्पूर्ण संघ सस्थाहरु, महिला तथा आमा समुहहरु संग समन्वय गरिरहेको वताइन ।

    त्यस्तै महोत्सवका संघ सस्था समन्वय उपसमिति संयोजक सिमा गुरुङले पोखरा महोत्सवको आयोजना गरि युनाईटेड क्लवले पोखरा र आसपासका क्षेत्रमा सामाजिक काम गर्दै आइरहेकाले पनि पोखरामा रहेका संघ सस्थाहरुलाई पोखरा महोत्सवलाई भब्य र सभ्य रुपमा सफल वनाउनका लागि सहयोग गरिदिनका लागी संघ संसाथहरु संग समन्वय गरिरहेको र उहांहरुको साथ रहनेमा आफु ढुक्क रहेको वताइन । महिला तथा आमा समुह परिचालन उपसमिति संयोजक शान्ति सुवेदीले पोखरा महोत्सवलाई पोखरा महानगरभित्रका महिला तथा आमा समुहहरुलाई पोखरा महोत्सवलाई सफल बनाउनका लागी सहयोग गरिदिनका लागी आफ्नो उपसमितीले सहयोगको अपेक्षा सहित समन्वय गरिरहेको वताइन ।

    अन्तरक्रिया कार्यक्रममा पोखरामा रहेका विभिन्न संघ सस्था, महिला तथा आमा समुह, टोल बिकास संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुले अघिल्लो संस्करणको पोखरा महोत्सवलाई जस्तै दशौ पोखरा महोत्सवलाई समेत अघिल्लो संस्करणमा जस्तो पूर्ण सहयोग रहने प्रतिवद्धता जनाएका थिए । युनाईटेड क्लवका अध्यक्ष तथा दशौ पोखरा महोत्सव मुल आयोजक समितिका संयोजक लालकाजी गुरुङको अध्यक्षतमा सम्पन्न कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष तथा महोत्सव सांस्कृतिक व्यवस्थापन उपसमिति संयोजक राजु श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गरेका थिएभने कार्यक्रमको संचालन महोत्सव प्रचार प्रसार उपसमिति संयोजक शान्त बहादुर थापाले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं