
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं, । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई तत्कालीन माओवादी समूहले सभामुख पद नछाड्न चर्को दबाब दिएका छन्।पूर्वमाओवादी समूहका नेताहरुले दाहाल निवास खुमलटारमै पुगेर दबाब दिएका हुन्। दाहालले आफ्नै समूहबाट आएको दबाब थेग्न नसकेर नेकपाका अर्का अध्यक्ष केपी ओलीसँग सभामुखको विषय टुंगो लगाउन सकेका छैनन्। दाहाल निवासमा पूर्वमाओवादी समूहले मंसिर ३० गतेदेखि नै छलफल गरिरहेका छन्।
दाहाल निवासमा सभामुखका विषयमा छलफल भएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले स्वीकार गरेका छन्। ‘हामीले दुवै पृष्ठभूमिबाट आएका साथीहरुलाई मिलाएर लैजान अध्यक्षलाई सुझाव दिएका छौं। सभामुखको विषय टुंगिएको छैन’, पौडेलले भने।सभामुख चयनको विषयलाई लिएर नेकपाभित्र पूर्वएमाले र पूर्वमाओवादी खेमाबीच होडबाजी नै चलेको छ। एक वर्षपछि स्थायी कमिटी बैठक चलिरहँदा पार्टीका कार्यकारी अध्यक्ष दाहाल निवासमा सोही विषयमा छलफल भएको थियो। दाहालले सभामुख पद कार्यकारी अध्यक्षसँग साटेको हल्लापछि पूर्वमाओवादी नेताहरुले उनलाई निरन्तर खबरदारी गरिरहेको स्रोतले जनायो।
‘जनआन्दोलन र जनयुद्धका समान पक्षलाई समेट्न हाम्रो प्रयास जारी छ। प्रधानमन्त्री पद केपी ओलीलाई पाँच वर्षका लागि छाडेको हो भन्दैमा अन्य पदमा पनि एकलौटी गर्न दिइँदैन। त्यसका लागि हामीले खुमलटारमा निरन्तर छलफल गरिरहेका छौं’, पूर्वमाओवादी सम्बद्ध स्रोतले भन्यो।स्रोतका अनुसार पूर्वमाओवादी समूहबाट अग्नि सापकोटालाई सभामुख बनाउने प्रयास जारी छ। सचिवालय बैठकमा अध्यक्ष दाहालले सापकोटाको नाम प्रस्ताव गरेको भए पनि ओलीले सुवास नेम्बाङको नाम अघि सारेका छन्।
‘दुवै अध्यक्षले आफ्ना तर्फबाट सभामुखको नाम प्रस्ताव गरिसकेका छन्। ती नामबारे छलफल गरेर छिटै टुंगो लगाउने हामीले बुझेका छौं’, एक नेताले भने। सभामुख विवादमा माधव नेपाल समूह भने मौन छ।दाहाल निवासमा मंसिर ३० गते नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, हरिबोल गजुरेल, पम्फा भुसाल, देव गुरुङ, वर्षमान पुन, अग्नि सापकोटा, देवेन्द्र पौडेललगायत १४ जना नेताबीच छलफल भएको थियो। त्यसपछि पनि टोपबहादुर रायमाझी, जनार्दन शर्मालगायतका नेताहरुले निरन्तर दबाब दिइरहेका छन्। नागरिक दैनिकले खबर छापेकाे छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया