काठमाडौंः काठमाडौंका विभिन्न स्थानबाट शंकास्पद गतिविधि गरेको आरोपमा पक्राउ परेका १२२ जना चिनियाँ नागरीक छुटेका छन् ।७ पुसमा पक्राउ परेका उनीहरु एक/एक हजार रुपैयाँ जरिवाना तिरेर छुटेका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई अभद्र व्यवहार गरेको कसुरमा सरकारी वकिलमार्फत जिल्ला प्रशासन कार्यालयमा पेश गरेको थियो तर प्रशासनले एक/एक हजार रुपैयाँ जरिवाना तिरेर थुनामुक्त भएको बताइएको छ ।
अब उनीहरुलाई अध्यागमन विभागमा बुझाउने र चिन पठाउने तयारी समेत गरिएको बताइएको छ ।केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको संयुक्त टोलीले उनीहरु बस्ने घरहरुमा छापा मारेर पक्राउ गरेको थियो ।