
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । पछिल्लो दिनहरुमा लगातार जाडो बढ्दै गइरहेको छ । यो बीचमा आगामी तीन दिन नेपालको हिमाली तथा उच्च पहाडी भूभागमा हिमपात र वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आगामी शनिवारसम्म मौसम बदली रहने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । महाशाखाका अनुसार अहिले पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । त्यस्तो हिमपात शुक्रवार र शनिवार पनि जारी रहने महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले बताए । उनले भने, ‘अहिले पश्चिमी क्षेत्रमा मौसम बदली रहेको छ यो विस्तारै पूर्वतर्फ सर्छ । अहिले पनि पश्चिमका उच्च पहाडी भेगमा हल्का वर्षा र हिमपात भएको छ। बिहीवार रातिदेखि मध्य तथा पूर्व क्षेत्रमा पनि बदली हुने सम्भावना देखिन्छ।’ उनका अनुसार पश्चिमी वायु पूर्वतर्फ सर्दै विस्तारै नेपालबाहिर जाने गर्छ।
काठमाडौं उपत्यकामा पनि बिहीवार रातिदेखि हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताए । उपत्यकाका केही स्थानमा दिउँसो हल्का वर्षा भएको छ । उनीहरूका अनुसार काठमाडौंमा न्यूनतम तापक्रममा खासै नघट्ने तर अधिकतम तापक्रम घट्ने सम्भावना रहेको छ ।प्रधानाङ्गका अनुसार बुधवार २.५ डिग्री सेल्सीअस रहेको काठमाडौंको न्यूनतम तापक्रम बिहीवार बढेर ४.५ डिग्री सेल्सीअस पुगेको छ । तर वर्षा भएपछि यसमा पनि केही कमी आउन सक्ने मौसमविद्हरू बताउँछन् । हिमपात र वर्षाका कारण चिसो बढ्ने सम्भावना रहेकाले सतर्कता आपनाउन उनीहरूले सुझाव दिएका छन् । पश्चिमी वायुको प्रभाव तराईमा भने कम पर्ने प्रधानाङ्गले बताए ।
‘यो प्रणालीको असर पहाडी र हिमाली क्षेत्रमा धेरै देखिने भएकाले तराईमा शीतलहर चल्ने सम्भावना भने कम छ,’ उनले भने । विभागका अधिकारीहरूका अनुसार गत डिसेम्बर २८ तारिखमा काठमाण्डूमा यो जाडो मौसमकै सबैभन्दा धेरै चिसो भएको थियो । त्यस दिन काठमाडौंको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सीअस रहेको थियो ।विभागले तापक्रम मापन गर्ने केन्द्रहरू राखेका स्थानमध्ये यो मौसममा सबैभन्दा कम तामक्रम जुम्लामा रेकर्ड गरिएको छ । गत डिसेम्बर १७ तारिखमा जुम्लामा न्यूनतम तापक्रम माइनस ७.२ डिग्री सेल्सीअस रहेको थियो । बिहीवार भने जुम्लाको न्यूनतम तापक्रम २.६ डिग्री सेल्सीअस छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया