SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१७ गते
    २०७८ &#२३४६;&#२३३५;&#२३२५;

    दिपसागर पौडेल, पर्बत  । 
    पर्बतको मोदि गाँउपालिका स्थित अम्बोटमा घरघरै अबैध माछा बिक्रीवितरण गरिरहेका बिरगंज घर बताउने झुगेन शाहलाई मोदि गाउपालिका पशु शेवा शाखा , सामुदायिक सेवा समाज अम्बोट , पर्बत उधोग बाणिज्य संघको संबंधित निकाय र त्यहाँको स्थानीय टोलिले अबैध रूपमा बिक्री बितरण गर्न लागेको दस केजि माछा नियन्त्रणमा लिएर नस्ट गरेको छ ।

    आइश नजमाइकन खुल्ला हिसाबले बिक्री गर्दै आएका माछा ब्यापारीलाई पटक पटक चेतावनी दिदै आएको र उसले आफू खुसी बेचबिखन गर्दै आइरहेको र उक्त माछाको सेवन बाट स्थानीय मानिसहरूको स्वाथ्यमा प्रतिकुल असर परेकाकारण संबिन्धित निकायबाटै उक्त माछा ब्यापारिलाइ तह लगाएको स्थानीय दिनेश सुबेदिले बताए ।

    पछिल्लो समय नेपालबाट बाट क्वारेन्टाइनमा चेक नगरिकन यस्ता खुल्ला माछा अबैध रूपमा बिक्रिबितरण गर्ने र नसड्ने फर्मालिन खालको केमिकल माछामा प्रयोग गरेर बिक्री गर्दा क्यान्सर रोग लागेर अकालमा ज्यान जान सक्ने खतरा हुँदा यस्ता अबैध रूपमा ल्याएका माछा सेवन गर्न नहुने मोदि गाउपालिकाका पशु शेवा शाखाका प्रमुख बिमल प्रसाद शर्मा बताउछ्न ।

    स्थानीय स्तरमा पालेका माछाहरु सेवन नगरीकन सस्तो बजारमा भित्रिने यस्ता अबैध माछाहरु जनचेतनाको कमिले गर्दा स्थानीयहरुले धेरै सेवन गर्ने गरेको र यस्ता खुल्ला ब्यपारिहरुलाइ आफुहरुले कार्बाहिको दायरामा ल्याउने प्रयासमा आफुहरु सकृय रहेको सामुदायिक सेवा समाजका अध्यक्ष कृष्ण बहादुर सुबेदीले बताए

    आइश नराखिकन खुल्ला माछा बिक्रीवितरण गरेको पाइएमा संबंधित निकाय सँग छलफल गरेर कानुन बमोजिम कार्बाहिको दायरामा ल्याउनु पर्ने पशु शेवा शाखाका प्राबिधिक माधब प्रसाद सापकोटा र संजिब अधिकारी बताउँछन् । त्यहाँ स्थित स्थानीय सरकार र सरोकारवालाहरुको ध्यान पुग्न नसकेको कारण पनि यो समस्या भएको हो यस्ता अबैध ब्यापारी हरु भेटाएसम्म संबंधित निकायलाई खबर गरि आबस्यक कार्बाही गर्नमा आफुहरु सदा तयार रहेको प्रहरी हवल्दार कृष्ण बहादुर नेपालीले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं